बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अग्नि ग्रुपको क्षेत्रीय कार्यालय इटहरीमा

सोमबार, ०२ साउन २०७४, १५ : ११
सोमबार, ०२ साउन २०७४

मनोज भुजेल

इटहरी । महिन्द्रा कम्पनीका अटोमोबाईल्स बिक्री गर्दै आएको अग्नि ग्रुप इनकर्पाेरेटेड प्रा.लिले इटहरीमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । पूर्वमा बढ्दै गएको अटोमोबाईल्सको व्यापारलाई लक्षित गर्दै अग्नि ग्रुपले १ नम्बर प्रदेशलाई मध्यनजर गर्दै क्षेत्रीय कार्यलय स्थापना गरेको हो । क्षेत्रीय कार्यालयसँगै बाईक र स्कुटीको सोरुम र सर्भिस सेन्टर पनि स्थापना गरिएको छ ।


क्षेत्रीय शाखा कार्यलयको अग्नि ग्रुपका अध्यक्ष अर्जुन प्रसाद शर्माले उद्घाटन गरेका छन् । शर्माले क्षेत्रीय कार्यालयको भवन, सोरुम र सर्भिस सेन्टरको छुट्टाछुटै उद्घाटन गरेका हुन् । पूर्वका ग्राहकलाई लक्षित गर्दै अटोमोबाईल्सको विक्रीसँगै सर्भिसमा पनि बढी ध्यान दिइने कम्पनिको योजना अनुरुप कार्यालय स्थापना गरिएको उनले बताए । 


पूर्वमा धेरै डिलरहरु भएपनि क्षेत्रीय कार्यालय नभएको अवस्थामा व्यापारको थप प्रर्वधन गर्न कार्यलय स्थापना गरिएको कम्पनीका बजार व्यवस्थापक प्रत्युस श्रेष्ठले जानकारी दिएका छन् । 


इटहरीको कार्यलयबाट टुह्विलरसमा मोटरसाईकल, स्कुटर यस्तै फोर ह्विलरस्का ट्याक्टर लगायत अन्य सवारीको विक्री गर्नुका साथै सबै खाले सर्भिस पनि दिने बताइएको छ । 


सवारीका स्पेयर पार्ट्स पनि सर्वसुलभ मुल्यका उपलब्ध गराउने कम्पनीले जनाएको छ । अग्नि ग्रुपका देशभर ६ वटा क्षेत्रीय कार्यलयहरु, ५४ वटा डिलर रहेको कम्पनीले जनाएको छ । महिन्द्रा कम्पनीका सबै सवारी साधनको पार्टस र सर्भिस सेन्टरको अभावले सेवाग्राहीमा मार पदैं आएको थियो । अब कार्यालय स्थापना भएसगै एक नम्बर प्रदेश भित्रका सेवाग्राहीलाई सहज हुने अग्नि ग्रुप इनकर्पाेरेटेड प्रा.लिले बिश्वास लिएको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप