बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्लिन फिड नीति लागु गर्न आनको जोड

सोमबार, ०२ साउन २०७४, १४ : ४४
सोमबार, ०२ साउन २०७४

काठमाडौं– नेपाल विज्ञापन संघ (आन)ले सरकारले विज्ञापनरहित  (क्लिन फिड) नीति फिर्ता लिएकोमा आपत्ति जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारले नै उक्त नीति लागु गर्ने निर्णय भएको दुई दिनमै फिर्ता लिएको विषयलाई अत्यन्त दुखद भएको जनाएको छ । यसअघि नेपाल सरकार, मन्त्री परिषदको मिति २०७३/४/७ गतेकोे बैठकले क्लिन फिड नीति पारित गरेर साउन एक गतेबाट लागु गर्ने जनाएको थियो । 


विगत धेरै वर्ष देखि विदेशी सःशुल्क (पे च्यानल) टेलिभिजन च्यानलहरुले विदेशि विज्ञापन सहित कार्यक्रम प्रशारण गर्दा नेपाली सञ्चार माध्यमहरु, विज्ञापन व्यवसाय, उपभोक्ताहरु लगायत अन्य सरोकारवालाहरु प्रत्यक्ष मारमा परि रहेको संघको दावी छ ।

यसका साथै नेपाली राष्ट्रीयतामा, गम्भीर असर परेको, विद्यमान ऐन कानुनको उल्लघंन भएको, राष्ट्रीय राजश्वमा प्रतिकुल असर परेको, नेपाली कला संस्कृति र सामाजिक विधि व्यवहारको अपव्याख्या भएको सन्दर्भमा क्लिन फिड नीति लागु गर्न नेपाल विज्ञापन संघले नेपाल सरकारसंग जोडदार रुपमा क्लिन फिड नीति लागु गर्न माग गर्दै आएको छ । 


तर, सरकारद्वारा पारीत विज्ञापन रहित क्लिन फिड नीति २०७३ यहि श्राबण १ गते बाट लागु गर्ने बिषयमा मन्त्रालयबाटै सो नितिमा उल्लेखित कतिपय कार्यहरु सम्पादन गर्न बाँकि रहेकाले तत्काल का लागि स्थगन गरिएको भन्ने व्यहोराको प्रेस विज्ञप्ती प्रकाशित भएको थियो ।


संघले सरकारको यो निर्णयले नेपालको अन्दाजी ६ अर्ब रुपैयाँको विज्ञापन बजारलाई बिस्थापित गनुृका साथै सरकारले प्राप्त गर्ने राजश्वमा समेत प्रभाव पारेको जनाएको छ । नेपाली विज्ञापन व्यवसायको बृद्विका साथै संस्थागत विकासका लागि क्लिन फिड नीति कोशेढुंगा सावित हुने भएकोले यथाशिघ्र कार्यान्वयन गर्न पनि माग गरेको संघका महासचिव नारायणकुमार श्रेष्ठले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप