शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवनियुक्त प्रधानन्यायाधीशले पदभार सम्हाले (हेर्नुहोस् तस्विर)

सोमबार, ०२ साउन २०७४, १४ : २३
सोमबार, ०२ साउन २०७४

काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सोमबार पद तथा गोपनियताको सपथ लिनु भएको छ । 


राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ गराएकी हुन् । 


सपथग्रण लगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार पनि सम्हालेका छन् ।


संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस पराजुलीको नाम अनुमोदन गरेपछि उनलाई आईतबार नै राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश पदमा नियुक्त गरेकी थिइन् । 

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायालयलाई पद्धतिसंगत ढंगले अघि बढाउन कोसिस गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 


सुशीला कार्कीले उमेर हदका कारण पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुलीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप