शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नापतौल ठगी गर्ने व्यवसायीलाई कारबाही

सोमबार, ०२ साउन २०७४, १४ : २२
सोमबार, ०२ साउन २०७४

विराटनगर नापतौलमा अनियमिमता गरी उपभोक्तालाई ठगी गर्ने पूर्वाञ्चलका दुई हजार ६७५ व्यवसायी एवम् व्यापारीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले कारबाही गरेको छ । 

आर्थिक वर्ष २०७३÷७४ को एक वर्षको अवधिमा नापतौलयन्त्रको जाँच नगराउने, उपभोक्तलाई तौलमा ठगी गर्ने व्यवसायीको फर्ममा छड्के एवम् नियमित रुपमा गरिएका अनुगमन पछि सो कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले जानकारी गराउनुभयो । 
सोही अवधिमा कार्यालयले दुई हजार ७६ व्यवसायीलाई कारोबारका लागि नापतौल यन्त्र सम्बन्धी नयाँ इजाजतपत्र प्रदान गरेको जानाएको छ । 

कार्यालयले नापतौल सम्बन्धी नयाँ इजाजतपत्र वितरण र कारबाहीबाट आव २०७३÷७४ मा रु एक करोड १० लाख १७ हजार राजश्व संकलन गरेको छ । 

पूर्वाञ्चलका सात हजार ३४५ व्यवसायीले आफ्नो कारोबार गर्ने नापतौल यन्त्रको जाँच समेत गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप