शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले बुझायो निर्वाचन आयोगलाई तीन बुँदे पत्र

सोमबार, ०२ साउन २०७४, १४ : ०२
सोमबार, ०२ साउन २०७४

काठमाडौं– नेकपा एमालेले नेपालको संविधान बमोजिम बाँकी स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोगलाई निरन्तर पहल गर्न सुझाव दिएको छ । 

सोमबार एमाले स्थयी समिति सदस्य तथा संदीय दलका उपनेता सुवास नेम्वाङको टोली निर्वाचन आयोगको कार्यलय पुगेर तीन बुँदे ज्ञापनपत्र बुझाउदै समयमै निर्वाचन सम्पन्न गर्नतर्फ आयोगको ध्यानाकर्षण गराएको हो । 

एमालेले निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्न पनि आयोगलाई बुझाएको पत्रमा उल्लेख गरेको छ । 

त्यस्तै निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाईलाई अविलम्ब अन्त्य गर्दै समिति गठन गर्न आवश्यक काम गर्न पनि आयोगलाई सुझव दिएको छ । 

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहललाई एमालेले स्वागत गरेको छ । 
निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार मात्रै प्रधानमन्त्री तथा गृहमन्त्रीलाई भेटेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा ढिलाई नगर्न सुझाव दिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप