माओवादीले हारेपनि एजेण्डाको जीत : प्रचण्ड
काठमाडौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेपनि पार्टीको एजेन्डाको भने जित भएको दावी गरेका छन् । सोमबार पार्टीको जलस्रोत तथा उर्जा विभागले सोमबार सार्वजनिक गरेको जलस्रोत तथा उर्जा सम्बन्धि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीयता माओवादीको एजेण्डा भएकाले त्यो एजेण्डा लागु गर्न माओवादी सफल भएको बताएका हुन् ।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले सोमबारबाटै सुरु हुने पार्टीको सचिवालयको विसतारित बैठकमा सरकारमा पार्टीको सहभागिताका विषयमा पनि खुलेर छलफलमा भाग लिन पार्टीका नेताहरुलाई आग्रह गरे । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारबाटै पार्टी सचिवालयको विस्तारित बैठक सुरु भैसकेको छ । उक्त बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी रणनीति तयार पार्न छलफल सुरु गरिने माओवादीले जनाएको छ । बैठकमा पार्टीका जिल्ला इन्चार्जहरुले स्थानीय तह निर्वाचनको रिर्पोटिङ गर्नेछन । रिर्पोटिङ सकिएपछि अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
-
ट्रम्पसँग भेटवार्ता गर्न इजरायली प्रधानमन्त्री अमेरिका प्रस्थान
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित
-
‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण