शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईईसीले ‘अष्ट्रेलिया/न्युजिल्याण्ड एजुकेशन फेयर’ गर्ने

बिहीबार, १७ साउन २०७५, १९ : २६
बिहीबार, १७ साउन २०७५

काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एन आई ई सी) ले अष्ट्रेलिया, न्युजिल्याण्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लक्षित उक्त मेला यहि साउन २१ गते एनआइईसी ले आफ्नो केन्द्रीय कार्यालय पुतलीसडमा एकदिने मेला आयोजना गर्न लागेको हो । 

विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआइइसीको यस शैक्षिक मेलामा अस्ट्रेलिया र न्युजिल्याण्डका २० भन्दा बढि विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरुको सहभागिता हुनेछ  ।

विद्यार्थीले प्रत्यक्ष रुपमा त्यहाँबाट आउने प्रतिनिधिहरुबाट आफ्नो जिज्ञासा मेटाउन सक्नेछन् । मेलामा सहभागी विद्यार्र्थी तथा अभिभावकहरुले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेट गरी अन्तरक्रिया गर्ने अवसर पाइने एनआई इ सीका प्रवन्ध निर्देशक सपना राजभण्डारीले बताइन् । 

आफूले चाहेको देशमा विभिन्न आफ्नो डकुमेन्ट विषयप्रतिको ज्ञान उद्धेश्य अनुररुप आईटी, नर्सिङ, म्यानेजमेन्ट, पव्लिक हेल्थ, ईन्जिनियरिङलगाय थुपै्र विषय बारे पनि जाकारी लिन सक्नेछन् । मेलामा आईएलटिएसबारे बुझ्न व्रिटिश काउन्सिल, त्यस्तै बैंक पार्टनर सिभिल बैक, एनएल आईसिसिलगायतको पनि सहभागीता हुनेछ । 

आइएलटिएस अध्ययन गरिरहेका आन्तरिक तथा वाह्य विद्यार्थीहरुका लागि लक्षित उक्त मेलामा सहभागी विद्यार्थीहरुलाई विशेष छुट व्यवस्था र गिफ्ट ह्याम्परसमेत प्रदान गरिनेछ । विहान ९ देखि ६ साँझसम्म सञ्चालन हुने मेलामा विद्यार्थी र अभिभावकहरुले आफूले अध्ययन गर्न चाहेको विषय क्षेत्रबारे पूर्ण रुपमा सहभागी हुन सक्ने एनआईईसी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप