शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् इतिहासका सबैभन्दा धनी व्यक्ति, जसलाई संसारले बिर्सियो

सोमबार, ०२ साउन २०७४, १३ : ३२
सोमबार, ०२ साउन २०७४

बीबीसी

ज्याकब फग्गर यदि जिउँदो भएको भए उनी अहिलेका चार सर्वाधिक धनी बिल गेट्स, मार्क जुकरबर्ग, ब्यारन बफेट र कारलोस स्लिमभन्दा पनि धनी हुने थिए ।

ज्याकवका जीवनीकार र वाल स्ट्रिट जर्नलका पूर्व सम्पादक ग्रेग स्टाइनमेट्जका अनुसार यी जर्मन बैंकर र व्यापारीलाई ‘द रिच वन’ भनिन्थ्यो । त्यो समय सन् १४५९ देखि १५२५ को थियो ।

ज्याकबले त्यतिबेला आजको ४ सय बिलियन अमेरिकी डलर (४० खर्ब रुपैयाँ) कमाएका थिए । ग्रेगले सन् २०१५ मा ज्याकबलाई आफ्नो किताब ‘द रिचेस्ट म्यान हू एभर लिभ्ड’ मा इतिहासका सबैभन्दा धेरै व्यक्ति बताए ।

ज्याकबलाई इतिहासका सबैभन्दा धनी व्यक्ति भनिँदा ग्रेगको दाबीमाथि प्रश्न गर्न सकिन्छ ।

बीबीसी वर्ल्डसँग कुराकानी गर्दै ग्रेगले भने, ‘ज्याकब निःसन्देह संसारका अहिलेसम्मका सबैभन्दा शक्तिशाली बैंकर थिए ।’

सबैभन्दा धनी भनिनुमा के छ तर्क ?

ग्रेग भन्छन्, ‘ज्याकब पुनर्जागरण कालका थिए । त्यतिबेला संसारलाई दुई शक्ति रोमन साम्राज्य र पोपले चलाउँथे । ज्याकबले यी दुबैलाई पैसा दिन्थे ।

– इतिहासमा यस्ता कोही पनि व्यक्ति छैनन् जोसँग यतिधेरै राजनीतिक शक्ति छ ।

– ज्याकबले स्पेनका राजा चार्ल्स–१ लाई रोमको राजा बनाइनुपर्ने सोचे र चार्ल्स–५ को रुपमा उनले सफलता पनि पाए ।

– चार्ल्स–५ ले नयाँ संसारलाई उपनिवेश बनाए । यदि उनी सत्तामा नआएका भए संसार अहिले जे छ, त्यो हुने थिएन ।

यति धनी थिए त गुमनाम किन ?

त्यतिबेलाका धनी मेडिकी, सिजर र लुसरेजिया बोर्गिया बन्धुबारे धेरैलाई जानकारी छ तर ज्याकबबारे किन कम मानिसलाई मात्र थाहा छ ?

यसको कारण बताउँदै ग्रेग भन्छन्, ‘यस्तो यसकारण थियो किनभने ज्याकब जर्मन थिए र उनी अंग्रेजी बोल्ने संसारमाझ परिचित भएनन् ।’

‘म बर्लिनमा वाल स्ट्रिट जनरलको ब्यूरो प्रमुख थिए । मैले थुप्रै पटक ज्याकबको नाम सुनेको थिएँ । तर मैले अंग्रेजीमा उनीबारे लेखिएको केही पनि पुस्तक पाइनँ ।’

धनी थिए तर रंगीन व्यक्तित्व थिएनः

ज्याकबबारे यसकारण पनि कम व्यक्तिलाई थाहा छ किनभने उनी रंगीन व्यक्तित्वका धनी थिएनन् ।

ज्याकबले कहिले पनि राजनीतिक अफिस बनाउने वा पोप बन्न चाहेनन् । न नै उनले बिल्डिङ बनाउने न नै पुनर्जागजरणका कुनै कलाकारलाई स्पोन्सर गर्ने काम नै गरे ।

ज्याकब फग्गरको सबैभन्दा चर्चित काम रह्यो फग्गराई । अर्थात् एक सामाजिक हाउजिङ प्रोजेक्ट जसलाई उनले दक्षिणी जर्मनीको अग्सबर्गमा बनाएका थिए ।

एक वर्षको भाडा १ सय २ रुपैयाँः

फग्गरको यो काम अहिले पनि जर्मनका चर्चित छ किनभने यहाँ बस्ने मानिसहरु अहिले पनि एक वर्षको भाडा करिब १ डलर अर्थात् १ सय २ रुपैयाँ दिन्छन् ।

ग्रेग बताउँछन्, ‘बैंकरले त्यतिबेला लुकेर काम गर्न रुचाउँथे ।’

तर यसको अर्थ यो होइन कि ज्याकबले आफ्नो निशानी छोडेनन् । उनको प्रभाव अहिले पनि महसुस गरिन्छ तर उनलाई निकै कम मानिसले चिन्दथे भन्ने तथ्यलाई अनुसरण गर्नैपर्छ ।

ज्याकब फग्गरको ठूलो योगदानः

१. बजारमा एकाधिकारः

फग्गरको समयमा आर्थिक गतिविधि निकै थोरै मात्रामा हुने र्गदथयो । धनीहरु आफ्नो जमिन र किसानले गरेको काममा निर्भर हुन्थे । किसानले आफ्नो मेहनतको बदलामा सुरक्षा पाउँथे ।

फग्गरले आफूले दिएको ऋणको बदलामा माइनिङ राइट्स अर्थात् खानी उत्खनन गरेर ऋण चुकाउने काम दिए यसरी उनले तामा र चाँदीको व्यापारमा एकाधिकार हाँसिल गरे ।

यसका साथै फग्गरले मसालाको व्यवसाय सुरु गरे । फग्गर पूँजीवादका संस्थापकमध्ये एक थिए ।

२. सुरु गरे पहिलो न्यूज सर्भिसः

फग्गरलाई सूचनाको महत्वबारे थाहा थियो । उनी कुनै पनि सूचना आफ्ना प्रतिस्पर्धीभन्दा पहिले थाहा पाउन चाहन्थे ।

यसका लागि फग्गरले अन्य शहरबाट व्यापार र राजनीतिसँग जोडिएका खबर ल्याउनेहरुलाई पैसा दिन सुरु गरे ।

फग्गरपछिका मानिसहरुले यो परम्परा जारी राखे र फग्गर न्यूजलेटर्सको सुरुवात गरे । यसलाई इतिहासको सुरुवाती पत्रिकामध्ये एक मानिन्छ ।

३. बचत खाताको सुरुवातः

मेडिकी नजिकै बैंक थियो तर क्याथोलिक चर्चले ब्याजको अनुमती दिँदैनथे । ब्याजको कारोबारलाई चर्चले गलत मान्दथ्यो ।

फग्गरले पोप लियो–५ सँग सम्पर्क गरे र उक्त प्रतिबन्ध हटाउने माग गरे । जसले अग्सबर्गको बैंकमा पैसा जम्मा गर्छन् उनीहरुले वार्षीक पाँच प्रतिशत ब्याज पाउने फग्गरले बताए ।

४. पर्यटकको मद्दतः

फग्गर ३३ वर्षका थिए जब कोलम्बसले अमेरिकाको खोजी गरेका थिए ।

फग्गर ती सिमित लगानीकर्तामध्येका एक थिए जसले संसारको भ्रमण गर्न निस्किएका फर्डिनान्ड म्यागलनको खर्च उठाए ।

Photo credit: BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप