शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली कामदार पुनः मलेसिया पठाउनेबारे बेस्टिनेटसँग वार्ता भएको छैनः नेपाली दूतावास

बिहीबार, १७ साउन २०७५, १७ : ३४
बिहीबार, १७ साउन २०७५

काठमाडौं– नेपाली कामदार मलेसिया पठाउन सुचारु गर्नेबारेमा  मलेसियन निजी कम्पनी बेस्टिनेटसँग वार्ता भएको भन्ने दाबी झूटो भएको मलेसियास्थित नेपाली दूतावासले जनाएकाे  छ । 

बिहिबार दूतावासले एक विज्ञप्ति जारी गर्दै अगस्टमा १ मा ‘द स्टार अनलाईन’मा छाएिको ‘बेस्टिनेट फेल्स टु रिभर्स नेपाल्स वर्कर ब्यान' (बेस्टिनेटले नेपाली कामदारहरुमाथि रहेको बन्देज उल्टाउन असफल भयो) शीर्षकको समाचार भ्रामक भएको दाबी गरेको हो । 

समाचारमा बेस्टीनेट र क्वालालामपुरमा रहेको नेपाली दूतावासबीच गतिरोधको अन्त्य गर्नको लागि कम्पनीले प्रयास थालेको उल्लेख गरिएको छ । समाचारमा लेखिएको छ, ‘बेस्टिनेटका सीईओ इस्माइल मोहम्मद नुरले समस्या समाधानको प्रयास स्वरुप आफ्नो कम्पनीले नेपाली दूतावासका अधिकारीहरुसँग प्रयास थालेका छन् ।’

दुतावासले भने समाचारमा उल्लेख भएजस्तो बेस्टिनेटले आफूहरुसँग कुनै सम्पर्क नगरेको बताएको छ । साथै समाचार लेख्ने सम्वाददाताले पनि कम्पनीको दाबीलाई आफूहरुसँग पुष्टि नगराई लेखेको दूतावासको स्पष्टीकरण छ । 

दूतावासले भावी दिनमा त्यस्तो हुन नदिन प्रेस वक्तव्यमा आफ्नो दुतावासको सम्पर्क टेलिफोन नम्बरसमेत दिएको छ । 

विभिन्न निजी कम्पनी प्रयोग गरी नेपाली कामदारलाई अतिरिक्त शुल्क तिर्न बाध्य पारेको भन्दै जेठ ३ गतेदेखि नेपाल सरकारले कामदार मलेसिया पठाउन बन्द गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप