शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनसुनमा सरुवा रोगबाट बच्न यसो गरौँ

सोमबार, ०२ साउन २०७४, १३ : ३२
सोमबार, ०२ साउन २०७४


डा.लोचन कार्की जनरल फिजिसियन  
वर्षात्को मौसममा बाढी, पहिरो आउने तथा भल बग्ने कारण पानी तथा खाद्यान्न पनि प्रदूषित हुन सक्छ । जसले गर्दा वर्षात्को मौसममा धेरै सरुवा रोग लाग्ने सम्भावना पनि बढ्छ । पानी पर्ने मौसममा पानीमा संक्रमण चाँडो हुने हुँदा हाम्रो शरीरमा विभिन्न सरुवा रोग लाग्न सक्छ । त्यसैले यो मौसममा आफ्नो स्वास्थ्य तथा खानपिनमा अत्यन्तै ध्यान दिनुपर्छ । पानी पर्ने मौसममा आफ्नो र परिवार सबैको स्वास्थ्यलाई कसरी जोगाउने भन्ने प्रश्नमा डा। लोचन कार्की यसो भन्छन् स्

दूषित पानीबाट विभिन्न खालका हानिकारक जीवाणुहरू शरीरभित्र प्रवेश गर्न पाउँछन् । यस्तो दूषित पानीले जन्डिस, आउँ, झाडापखाला तथा हैजाजस्ता पानीजन्य रोगहरू लाग्न सक्छ । यस्ता रोगबाट बच्न सधैँ शौचालय प्रयोग गर्नुपर्छ । शौचालयवरिपरि र नाला सफासुग्घर राख्नुपर्छ । पानी उमालेर मात्र खानुपर्छ । सफा पानी मात्र प्रयोग गर्नुपर्छ ।

पानी पर्ने मौसममा सडक, घरवरिपरि हिलो हुने, पानीमा ढल फोहोर मिसिने भएकाले विशेष सचेतता अपनाउनुपर्छ । पानीका माध्यमबाट खानेकुरामा फोहोर मिसिएर पानी संक्रमित हुन्छ । त्यस्तो संक्रमित खाद्यान्न सेवन गर्दा हामीलाई विभिन्न रोग  लाग्न सक्छ ।

सलाद, फलफूलहरू सेवन गर्दा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । यस्ता फलफूल र सलाद सफा पानीले पखाल्दा हात राम्रोसँग धुनुपर्छ । अन्यथा, संक्रमित पानीमा हुने कीटाणुहरू शरीरमा पस्छन् र रोग लाग्छ ।

घरवरिपरि पानी जम्ने ठाउँ भए पुरिदिने या भत्काउने गर्नुपर्छ । अन्यथा, सरुवा रोगहरू सार्न सक्ने लामखुट्टे, झिँगा र अन्य कीटाणुहरू बस्न सक्छन् । त्यसैले झिँगा, लामखुट्टेको टोकाइबाट बच्न खाल्डोमा पानी जम्न दिनु हुँदैन । घरमा राख्ने गमलामा पनि पानी जम्ने हुनाले यस्ता गमला घरनजिक राख्नु हुँदैन ।

खाना खानुअघि र बच्चालाई खाना खुवाउनुअघि राम्रोसँग हात धुनुपर्छ । त्यस्तै, खाना पकाउनुअघि, दिसा धोइसकेपछि, बच्चाको दिसा धोइदिएपछि, फोहोर छोएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।
नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप