शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनाव हारेपछि पेरिसडाँडामा भेला भए माओवादी नेता (फोटोफिचर)

सोमबार, ०२ साउन २०७४, १३ : १२
सोमबार, ०२ साउन २०७४

काठमाडौं – माओवादी केन्द्र सचिवालयको विस्तारित बैठक पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा सुरु भएको छ । 


बैठकमा स्थानीय तह निर्वाचनको मत परिणामको समीक्षा र संघ तथा प्रदेशसभा निर्वाचन रणनीतिबारे छलफल हुने माओवादी प्रवक्ता पम्फा भुषलले जानकारी दिएकी छन् । 


बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।


यस्तै, माओवादीको यो बैठकमा सरकार विस्तार, संविधान संशोधन, प्रदेश र संघीय संसद्को निर्वाचनको तयारीका बारेमा समेत छलफल हुने बताइएको छ । 


माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारे पनि परिणाम आफू अनुकुल नआएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप