जनकपुरलाई ‘धार्मिक पर्यटकस्थल’ को रुपमा विकास गर्न मन्त्री यादवको प्रस्ताव
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनकपुरलाई ‘धार्मिक पर्यटक स्थल’ को रुपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मन्त्री यादवले नेपालको पर्यटक क्षेत्रको विकासका लागि जनकपुरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्न उपयुक्त हुने सुझाव संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई दिएका हुन् ।
जनकपुर मन्दिरै मन्दिरको सहर भएकाले यसको उचित व्यवस्थापन गरे धार्मिक पर्यटकको संख्या नेपालमा बढाउन उपयोगी हुने मन्त्री यादव को भनाई छ । बिहिबार काठकाडौंमा आयोजित ‘पर्यटन क्षेत्रको भावी कार्य दिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनकपुरको पोखरीहरुलाई व्यवस्थित बनाउन सके पनि पर्यटकहरुको वृद्धि गर्न सकिने पनि स्पष्ट पारे । मन्त्री यादवले जनकपुरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्न प्रदेश २ को सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने पनि स्मरण गराए ।
मन्त्री यादवले पर्यटन क्षेत्रको विकासका लागि संघीय, प्रदेश र स्थानीय तहको सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा पनि जोड दिए । उनले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पाठपाठनको व्यवस्था गर्न पनि ढिलाई गर्न नहुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा