बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृषि सामग्री कम्पनी लिमिटेड पोखरा : चार करोडभन्दा बढी रकमको कारोबार

सोमबार, ०२ साउन २०७४, १३ : १०
सोमबार, ०२ साउन २०७४

पोखरा - कृषि सामग्री कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले आव २०७३÷७४ मा रु चार करोड २२ लाख ९९ हजार ४१८ बराबरको कारोबार गरेको छ । 

रासायनिक मल युरिया, डिएपी र पोटासको कारोबार गर्दै आएको कार्यालयले ८९ वटा सहकारीलाई सूचीकृत गरेकामा यस आवमा ५४ वटा सहकारीमार्फत मात्र कारोबार गरेको कार्यालयका निमित्त शाखा प्रबन्धक शालिग्राम वाग्लेले जानकारी दिनुभयो । 

रासायनिक मलको मागअनुसारको मौज्दात रहेका कारण कृषकले अभाव महशुस गर्न नपरेको उहाँको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप