शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी जे८ नेपाली बजारमा

बुधबार, १६ साउन २०७५, १३ : ५१
बुधबार, १६ साउन २०७५

काठमाडौं । सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन प्रस्तुत गरेको छ । जे८ सामसङको इन्फिनिटि सिरिज अन्तर्गतको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर इन्फिनिटि डिसप्ले  तथा डुयल क्यामेरा रहेको छ ।

जे८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । यसको डुयल रियर क्यामराले जे८ स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको छ । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याकग्राउन्ड तस्वीरलाई सहजै छुट्याउन सक्दछ ।

लाइभ फोकस फिचरले गर्दा प्रयोग कर्ताले सफा एवं स्पष्ट फोटो लिन सक्छन् । व्याकग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसके पछि ब्लर बनाउन सकिन्छ । ग्यालेक्सी जे८ को नेपाली मूल्य केवल ३३४९० तोकिएको छ ।

यो फोन नेपाल अधिराज्यभरका रिटेलहरु मार्फत यही महिनादेखि उपलब्ध हुने छ । ग्यालेक्सी जे८ आकर्षक नीलो, कालो तथा ग्लोल्ड कलरमा उपलब्ध छ । आइ एम विजका प्रमुख प्रणय रत्न स्थापितले भने “ग्राहकहरुको चाहना एवं आवश्यकतलाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएका छौं ।

फलस्वरुप हामीले क्यामरामा केन्द्रित भई आफ्ना उत्पादनहरुलाई बजारमा ल्याएका छौं । आज संसारबाट डाउनलोड हुने ३ वटा एप्सहरु मध्ये २ वटा फोटो इडिटिङ्ग एप्स हुने गरेको छ । जहाँसम्म ग्यालेक्सी जे८ मा उपभोक्ताले कुनै पनि तेस्रो एप्प विना नै फोटोलाई सहजै इडिट गर्न सक्नुहुन्छ ।”

जे८ मा ४+६४ जीवी  र्याम/रोममा उपलब्ध रहेको छ । (मेमोरी कार्डको माध्यमबाट २५६ जिबिसम्म बढाउन सकिने)  । ग्राहकहरुकोे लागि ग्यालेक्सी जे८ मा ६००० एम बिको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एम बि का दरले १२ हप्ता सम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप