स्थानीय तहमा निर्वाचित एकल महिला सम्मानित
काठमाडौँ - हालसम्म निर्वाचन भएका स्थानीय तहमा ६० जना एकल महिला ९विधवा० जनप्रतिनिधिमा निर्वाचित भएका छन् ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह र एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले ‘हामी सक्छौँ’ अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ती जनप्रतिनिधिलाई सम्मानित गरियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले सो सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा ६० मध्ये ४४ जनप्रतिनिधि उपस्थिति थिए ।
सम्मानित हुनेहरुमा जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख कान्तिका सेजुवाल, काभ्रेको नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, बाजुराको जिल्ला समन्वय समितिका सदस्य राधिका सुनारलगायत विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य हुनुहुन्छ । प्रदेश नं २ बाहेक अन्य छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।
उपराष्ट्रपति पुनले निर्वाचनका कारण व्यापक राजनीतिक जागरण सिर्जना भई महिला जनताको सेवा गर्ने ठाउँमा पुग्न सफल भएको बताउनुभयो । उहाँले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सरकार र जनप्रतिनिधि र अधिकारकर्मीको सामूहिक प्रयास जारी रहनुपर्नेमा जोड दिनुभयो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले संविधानले राज्यका हरेक निकायका ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन र नीतिहरु तर्जुमा भइरहेको बताउनुभयो ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले महिला अधिकारका क्षेत्रमा सरकार सहकार्य गर्न तयार भएकाले कार्यक्रमसहित सहकार्यमा आउन आग्रह गर्नुभयो ।
कार्यक्रममा समूहका संस्थापक अध्यक्ष लिली थापालाई भारतको ‘दयावती मोदी स्त्री शक्ति अवार्ड’ प्रदान गरिएको थियो ।
सम्मेलनमा दक्षिण एसियाका महिलाको मानवअधिकार, गरिबी निवारण, राजनीतिक सशक्तीकरण, शान्ति निर्माण र विकासका कार्यमा एकल महिलाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल हुने एकल महिला समूहका अध्यक्ष निर्मला शर्मा ढुंगानाले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा