अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयको सहभागितामा शैक्षिक मेला हुने
काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्र्श सेवा प्रदान गर्दै आईरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिको आयोजनामा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर२०१८’ हुने भएको छ ।
काठमाण्डौं दरवारमार्ग स्थित होटल अन्नपूर्णमा यही साउन १७ गते विहिबार हुने फेयरमा अष्ट्रेलियाका २५ वटा भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहनेछ ।
द नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीका अनुसार फेयरमा सहभागि कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि उपस्थित हुनेछन् । विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न सक्ने भएकाले फेयर उपयोगी हुने निर्देशक भण्डारीले बताए ।
फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका अष्ट्रेलियाका वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, साउथेन क्रस युनिभर्सिटी लगायतका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुको उपस्थिती रहने फेयरमा विद्यार्थीहरुलाई फस्ट हेण्ड इन्फरमेसन र परामर्र्श प्रदान गरिने भण्डारीले बताए ।
फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि प्रिभिलेज कार्डको ब्यवस्था गरिएको र उक्त कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आई.एल.टी.एस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् ।
उपस्थित विद्यार्थीहरुलाई आकर्षक गिफ्ट ह्याम्परको पनि ब्यवस्था गरिएका कारण हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्त गर्ने सुनिश्चितता गरिएको नेक्स्टको भनाई छ ।सन् २००५ मा काठमाण्डौं डिल्ली बजारमा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले विगतमा पनि फेयर गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ