बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध मन्दिर निर्माण गर्न बाल्टिमोरमा महायज्ञ

मङ्गलबार, १५ साउन २०७५, १० : ५५
मङ्गलबार, १५ साउन २०७५

डिसी– अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरस्थित बुद्ध मन्दिरको निर्माण गर्ने उदेश्यले लगाइएको महापुराणमा तेश्रो दिनसम्म २ लाख ४० हजार  रकम संकलन भएको छ । 

जुलाई २८  बाट शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा. श्याम कार्कीले १ लाख डलर दान गरेका थिए । नेपालका ख्याती प्राप्त वाचन शिरोमणी दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ अगस्त ३ मा समापन हुनेछ ।

महायज्ञको तेश्रो दिनसम्म शालिक वाग्लेले ३३ हजार ३ सय तेत्तिस डलर ,गोपाल बि.कले दश हजार १ डलर,  कृष्ण तथा अन्जु केसीले २५ हजार डलर तथा ५ हजार ,१ हजार गरी २ लाख ४० हजार  भन्दा बढि रकम संकलन भएको आयोजकले जनाएको छ । 

हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागि आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा  दान सहयोग गर्ने दानविरहरुको नामावली समेत प्रकाशित गरिएको थियो ।
आयोजकले पछि सम्पुर्ण दाताको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप