शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी सचिवालयको विस्तारित बैठक पेरिसडाँडामा

सोमबार, ०२ साउन २०७४, १० : ५५
सोमबार, ०२ साउन २०७४


काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्न माओवादी केन्द्र सचिवालयको विस्तारित बैठक आईतबार बस्दैछ ।
पेरिसडाँडास्थित पार्टी कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकमा स्थानीय तह निर्वाचनको मत परिणामको समीक्षा र संघ तथा प्रदेशसभा निर्वाचन रणनीतिबारे छलफल हुने माओवादी नेताहरुले बताएका छन् । 
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको बताइएको छ । यस्तै, बैठकमा सरकार विस्तार, संविधान संशोधन, प्रदेश र संघीय संसद्को निर्वाचनको तयारीका बारेमा समेत छलफल हुनेछ ।
माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेपनि परिणाम सोअनुसार नआएको भन्दै त्यसको वस्तुनिष्ठ समीक्षा गर्ने जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप