शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चौधौं वाइ वाइ नेशनल एजुकेशन अवार्ड हुँदै

सोमबार, १४ साउन २०७५, १६ : ५१
सोमबार, १४ साउन २०७५

काठमाडौं । चौधौं वाइ वाइ नेशनल एजुकेशन अवार्ड काठमाडौं पोष्टका विनोद घिमिरे तथा आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेलाई प्रदान गरिने भएको छ ।

शिक्षालय मासिककोे आयोजनामा हुने चौधौं वाइ वाइ नेशनल एजुकेशन अवार्डमा नगद राशी रु. १० हजार सहित सम्मान गरिनेछ । आज पत्रकार सम्मेलनको आयोजना गरी अवार्डबारे जानकारी दिइएको हो ।

यस बर्षको अवार्ड कार्यक्रममा माध्यामिक तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरु, शिक्षा सेवामा कार्यरत कर्मचारी, विभिन्न संघ संस्थामार्फत शिक्षालाई नीतिगत तथा अन्य पक्षबाट पृष्ठपोषण गर्ने व्यक्तित्व, संघसंस्था तथा शिक्षा पत्रकारहरुलाई समेटिएको छ ।

स्कुल अफ दि इयर, एक्सिलेन्स अवार्ड बेष्ट टिचर अवार्ड, गुडविल एचिभमेन्ट अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, डेडिकेशन अवार्ड, क्रिएटिभ कलेज अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, प्रिन्सिपल अफ दि इयर, राइजिङ अवार्ड, एजुकेशन भिजन अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड जस्ता विधाहरुमा अवार्ड प्रदान गर्ने आयोजकले बताएको छ ।

यसैगरि वाइ वाइका तर्फबाट सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीका लागि २५ हजार नगद राशीको ज्ञानउदय छात्रबृत्ति पुरस्कार पनि प्रदान गरिनेछ । कार्यक्रममा शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकारले शिक्षा क्षेत्रका कार्यरत शिक्षाकर्मीको सहयोगले कार्यक्रमको निरन्तरता पाएको बताए ।

त्यस्तै निर्देशक बाल मुकुन्द आचार्यले शैक्षिक क्षेत्रको उत्सव, उत्सव होइन महोत्सब भन्ने नाराका साथ यस कार्यक्रम सम्पन्न गर्ने प्रयासमा रहेको बताए । पुरस्कार वितरण कार्यक्रम श्रावण २८ गते सोमबार हुने आयोजकले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप