चौरासी वर्षीय वृद्धको कुकर्म : ६ वर्षीया नाबालिकालाई बलात्कार !
सोमबार, ०२ साउन २०७४, ०९ : ५७
चरिकोट - दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको हो ।
आफू बस्ने कुटीमा लगी सुवेदीले ललाई फकाई लहरे आँप दिने भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
नाबालिकाको आफन्तले वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएसँगै पक्राउ गरिएको कार्कीले बताए ।
प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन