शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चौरासी वर्षीय वृद्धको कुकर्म : ६ वर्षीया नाबालिकालाई बलात्कार !

सोमबार, ०२ साउन २०७४, ०९ : ५७
सोमबार, ०२ साउन २०७४

चरिकोट  - दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको हो ।

आफू बस्ने कुटीमा लगी सुवेदीले ललाई फकाई लहरे आँप दिने भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । 

नाबालिकाको आफन्तले वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएसँगै पक्राउ गरिएको कार्कीले बताए । 

प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप