बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेडेररलाई किर्तिमानी आठौँ विम्वेल्डन उपाधि

सोमबार, ०२ साउन २०७४, ०९ : २६
सोमबार, ०२ साउन २०७४

लण्डन – रोजर फेडेरर आठ पटक विम्वेल्डनको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । क्रोएसियाका मारिन सिलिचलाई हराउँदै फेडेररले आफ्नो ग्राण्ड स्लाम उपाधिको संख्या १९ पुर्याएका छन् ।

तेस्रो वरियताका फेडेररले सिलिचलाई ६–३, ६–१ र ६–४ को सोझो सेटमा पराजित गरेका हुन् । फेडेररको उत्कृष्ट खेल अगाडि निरिह देखिएका सिलिच दोस्रो सेटका दौरान रुनसमेत पुगेका थिए ।

३५ वर्षीय फेडेररले एक घण्टा ४१ मिनेटमा खेल जित्दै सन् २०१२ पछि पहिलो पटक प्रतियोगिता जित्न सफल भए ।

ओपन इरामा अल इंग्ल्याण्ड क्लबमा विजयी हुने उनी सबैभन्दा पाका खेलाडी पनि बनेका छन् ।

विम्वेल्डन उपाधि जित्नमा फेडररले पिट सम्प्रास र विलियम रेनसलाई पछाडि छाडेका छन् । दुवै खेलाडीको सात वटा उपाधि रहेका छन् । फेडेरर अघि मार्टिना नाभ्राटिलोभा मात्र रहेकी छिन् उनले ९ पटक यो उपाधि जितेकी छिन् । 

फेडेररले यो वर्ष ३ मध्ये दुई वटा ग्राण्ड स्लाम उपाधि जित्न सफल भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप