स्मार्ट सिटीबारे छलफल गर्दै केसीसी एक्जिविट २०१८ सम्पन्न
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन सूचना प्रविधिमा अग्रणी कलेज कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा केसीसी एक्जिविट २०१८ सम्पन्न भएको छ ।
नवीनता, एकीकृतता र दीगोपन मूल नारा रहेको उक्त प्रदर्शनीमा स्मार्ट शहरबारे “दीगो विकासका लागि स्मार्ट सिटी” शीर्षकको एक गोष्ठीबीच छलफल गरिएको थियो ।
प्रदर्शनीमा इको–स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट लगायत सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा नवीन प्रदर्शनीहरू राखिएका थिए ।
हिजोबाट सुरु उक्त प्रदर्शनीको समुद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले गर्नुभएको थियो ।
केसीसी एक्जिविट २०१८मा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू, प्राचार्यहरू, शिक्षक र प्रतिनिधिहरूका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञ तथा अन्तर्राष्ट्रिय दर्शकहरूको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी