शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूरै विमानका एक्ला यात्रीः पाइलटले ककपिटमा राखेर खिचे सेल्फी, उपहारसमेत दिइयो

आइतबार, १३ साउन २०७५, १२ : २४
आइतबार, १३ साउन २०७५

विमानभित्र एक्लो यात्री हुनु एक व्यक्तिका लागि मज्जाको अनुभव साबित भयो ।

साथीको विवाहमा समावेश हुन गएका साद जिलानी ग्रिसको कोर्फूबाट इंगल्याण्डको बर्मिंघर फर्कने तयारीमा  थिए ।

उनले ४० युरो (पाँच हजार रुपैयाँ) मा विमानको टिकट बुक गरेका थिए ।

एयरपोर्ट पुगेपछि विमानका कर्मचारीले उनलाई एक सय ६८ सिटे विमानको एक्लो यात्री भएको जानकारी दिए ।

कर्मचारीका अनुसार अन्य यात्रीले अन्तिम अवस्थामा टिकट रद्द गरेका थिए ।

स्रोतका अनुसार साद विमानभित्र चढेलगत्तै उनलाई चालक दलले निकै शानदार स्वागत गरे ।

सादका लागि विमानभित्र निकै राम्रा गित बजाइयो ।

यहाँसम्म कि पाइलटले उनलाई ककपिटमा राखेर सेल्फी पनि खिचे ।

यस्तो स्वागतका लागि सादले चालक दलको तारिफ गर्दै यात्रामा एक्लो हुँदासमेत विमानभित्रका कर्मचारीले आफूलाई कति पनि बोर महसुस हुन नदिएको जानकारी दिए ।

उनी भन्छन्, ‘यो आफैंमा एक पाँचतारे जस्तो अनुभव थियो ।’

विमान कम्पनी जेटटुले उनलाई अवतरण पछि ६० युरोको भौचर पनि दिए जसलाई उनी आफ्नो अर्को यात्रामा प्रयोग गर्न सक्नेछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप