शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तत: नेपाल पठाइने भयो सुरेश थापाको शव

सोमबार, ०२ साउन २०७४, ०७ : १३
सोमबार, ०२ साउन २०७४

-लक्ष्मण खनाल
युएई - युएईमा मृत्यु भएका पोखरा १६  लामाचौर, कास्कीका २९ बर्षिय सुरेश थापाको शव नेपाल पठाइने भएको छ ।
नेपाली दुतावास युएईको विशेष पहलमा उक्त शव नेपाल पठाउन लागिएको हो । २० जुन २०१७ मा दुबईको अलकुजको बालुवामा मृत अवस्थामा फेला परेका थापाको शव आर्थिक अभावका कारण नेपाल पठाउन सकिएको थिएन । 

‘नेपाली श्रमिकको शव युएईमा अलपत्रः दुतावासमा शव पठाउने रकम छैन’ शिर्षकमा रातोपाटीमा समाचार आए पछि दुतावासले सक्रियता बढाएको थियो ।
उनको शव नेपाल पठाउन लाग्ने सम्पुर्ण खर्च उनीलाई उक्त कम्पनीमा पठाउने म्यनपावर कम्पनीले व्यहोर्ने दुतावासकी श्रम सहचारी हिरा यादवले बताइन । उनले भनिन, “कम्पनी छोडेर अबैधानिक भएको बताउदै कम्पनी व्यवस्थापनले आर्थिक सहयोग गर्न नसक्ने जानकारी गराएका थियो दुतवासको अनुरोधमा म्यनपावर कम्पनीले रकम उपलव्ध गराइसकेको छ । 

सोमबार साँझ सम्ममा शव नेपाल पठाइने तयारी छ ।” यसअघि उनको शव पठाउन आर्थिक समस्या भएको भन्दै कास्की आदर्श सेवा समाज युएई आर्थिक संकलन अभियान शुरु गरेको थियो । 

यसैविच एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले फेसवुकमा आफ्नो स्टाटस राख्दै मृतकको शव नेपाल पठाउन एनआरएन युएईको सक्रियता र दुतावासको पहलमा आर्थिक सहयोग जुटेको जानकारी गराउँदै उनको लागि आर्थिक संकलन अभियान बन्द गर्न आग्रह गरेका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप