‘बाटोमा मुख चलाएर हिँड्ने सरकार विरोधी’ : प्रधानमन्त्री ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा जथाभावी बोल्दै हिँडेका व्यक्ति सरकार विरोधी रहेको बताएका छन् । प्रोगेसिभ इन्जिनियरिङ्ग प्रोफेसनल्स् एशोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर संगठनको एकता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री अोलीले काँग्रेसका नेताहरु आफैँ बर्बराउन थालेको टिप्पणी गरे ।
उनले भने, ‘कांग्रेसका नेताहरु भन्छन् सरकारले हाम्रो मुख थुनेको छ तर अहिले उनीहरु नै सबभन्दा बढी बर्बराउन थालेका छन् । माइतीघरका लागि हिँडेपछि घरबाट नै गाली गर्न शुरु गर्छन् र उल्टै भन्छन् सरकारले हाम्रो मुख थुन्यो ।’
‘बाटोमा कसैलाई मुख चलाउँदै हिँडेको छ भने बुझ्नुस् त्यो सरकार विरोध व्यक्ति हो, उनले भने, ‘जे पायो त्यही बोलेका छन्, जथाभावी हिँडेका छन् अनि हामीले कसरी मुख थुनेका छौं । हामी कसरी तानशाही भएका छौं ।’
नेकपाका अध्यक्ष प्रचण्डले पनि काँग्रेस पार्टी गंगामाया र डा.गोविन्द केसीको पुच्छर समातेर बेतरनी पार हुन खोजेको टिप्पणी गरे । उनले भने, ‘अब काँग्रेससँग कुनै एजेण्डा छैन, यसअघि पनि कुनै एजेण्डा थिएन त्यही भएर गंगामाया र डा.केसीको आडमा गालीगलौजमा उत्रियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
-
‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण