शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति

शुक्रबार, ११ साउन २०७५, १२ : ५४
शुक्रबार, ११ साउन २०७५

धनुषा । प्रदेश २ का सरकारले कानून निर्माणलाई प्राथमिकतामा राखेको छ । 

प्रदेश २ को सरकारले थप दुई विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो । 

प्रदेश २ सरकारको हिजो बसेको मन्त्रीपरिषद्को बैठकले दलितको आर्थिक समाजिक र शैक्षिक अवस्थालाई उकास्न दलित सशक्तिकरण विधेयक र मुस्लिम समुदायले दिई रहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै राज्यको मूल प्रवाहमा ल्याउने गरि मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो । 

यसअघि सोमबार मात्र प्रदेश सरकारले ६ प्रदेश लोकसेवा आयोग सहित ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप