शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिडियाखानामा पर्यटक बढाउन गधालाई बनाइयो जेब्रा, ठूलो कान देखेर यसरी भयो पर्दाफास

शुक्रबार, ११ साउन २०७५, ०८ : ३७
शुक्रबार, ११ साउन २०७५

काहिरा । मिश्रको राजधानी काहिरामा एक चिडियाघरका कर्मचरीले पर्यटकको संख्या बढाउनका लागि गधालाई कालो–सेतो पेन्ट गरेर जेब्रा बनाएका छन् । यद्यपी, एक छात्रले यसबारे थाहा पाएपछि उनले गधाको फोटो सोसल मिडियामा पोष्ट गरिदिए । त्यसपछि चिडियाघर प्रशासनको अत्यधिक मजाक उडाइएको छ ।

काहिरामा बस्ने महमूद–ए–सराहनी जुलाई २१ तारिखमा इन्टरनेशनल गार्डन पार्क गएका थिए । त्यहाँ उनले कालो सेतो धर्का भएको एउटा जनावर देखे जसलाई धेरै मानिसहरुले जेब्रा ठानेका थिए । त्यो जनावरको ठूलो कान र व्यवहार देखेर उनलाई शंका लाग्यो । केही समयपछि महमूदलाई थाहा भयो कि चिडियाघर प्रशासनले गधामाथि कालो–सेतो पेन्ट गरेको थियो । उनले यसको एउटा फोटो फेसबुकमा राखे जुन भाइरल भयो ।

पार्क प्रशासन गल्ती मान्न तयार छैनन्ः

पशुका विभिन्न डाक्टरले पनि त्यो जनावरलाई गधा भएको पुष्टि गरे तर पार्कका निर्देशक मोहम्मद सुल्तान गल्ती मान्नका लागि तयार छैनन् । उनका अनुसार कुनै पनि जनावरमाथि यस्तो गरिएको छैन ।

मिश्रको अर्को एक चिडियाघरले यस्तो गरिसकेको छः

मिश्रको अर्को एक चिडियाघरमा सन् २००९ मा दुईवटा गधालाई पेन्ट गरेर जे्रबा बनाइएको थियो । वास्तवमा, उनीहरुको खान नपाएका कारण मृत्यु भएको थियो र प्रशासन आफ्नो लापरवाही लुकाउन चाहन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप