सवारी दुर्घटनामा परी धनुषामा ६५ जनाको मृत्यु
जनकपुरधाम– धनुषा जिल्लामा सवारी दुर्घटनामा परी एक वर्षमा ६५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आइतवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ८४ वटा सवारी दुर्घटनामा ६५ जनाको मृत्यु र २१ जना समान्य घाइते भएका छन् ।
आर्थिक वर्ष २०७२/०७३ मा भएको ७४ वटा सवारी दुर्घटनामा ६५ र २०७१/०७२ मा ९० दुर्घटनामा ५२ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा ३२ हजार ६ सय ९० सवारीलाई कारवाही गरी २ करोड २ लाख ५२ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । २०७२/०७३ मा ८० लाख १७ हजार ९ सय र २०७१/०७२ मा १ करोड २० लाख १३ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिनन्दन चौधरीले संख्याको अनुपातमा सवारी दुर्घटनाको संख्या बढेपनि औसत रुपमा विगतका वर्षहरु भन्दा सुधार भएको बताए । सडकको जीर्ण अवस्था, सवारीको संख्या बढ्दै जानु लगायतयका कारण दुर्घटनामा वृद्धि भएको उनले बताए ।
जनकपुर नगरमा ई–रिक्साको कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले केहि दिनमै इरिक्साको संख्या तोक्नका लागि जिल्ला यातायात समितिको वैठक बसेर निर्णय हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा