शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी धनुषामा ६५ जनाको मृत्यु

आइतबार, ०१ साउन २०७४, २० : १०
आइतबार, ०१ साउन २०७४

जनकपुरधाम– धनुषा जिल्लामा सवारी दुर्घटनामा परी एक वर्षमा ६५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आइतवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ८४ वटा सवारी दुर्घटनामा ६५ जनाको मृत्यु र २१ जना समान्य घाइते भएका छन् ।
 
आर्थिक वर्ष २०७२/०७३ मा  भएको ७४ वटा सवारी दुर्घटनामा ६५ र २०७१/०७२ मा ९० दुर्घटनामा ५२ जनाको मृत्यु भएको  प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा ३२ हजार ६ सय ९० सवारीलाई कारवाही गरी २ करोड २ लाख ५२ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । २०७२/०७३ मा ८० लाख १७ हजार ९ सय र २०७१/०७२ मा १ करोड २० लाख १३ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख  प्रहरी निरीक्षक हरिनन्दन चौधरीले संख्याको अनुपातमा सवारी दुर्घटनाको संख्या बढेपनि औसत रुपमा विगतका वर्षहरु भन्दा सुधार भएको बताए । सडकको जीर्ण अवस्था, सवारीको संख्या बढ्दै जानु लगायतयका कारण दुर्घटनामा वृद्धि भएको उनले बताए ।
 
जनकपुर नगरमा ई–रिक्साको कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले केहि दिनमै इरिक्साको संख्या तोक्नका लागि जिल्ला यातायात समितिको वैठक बसेर निर्णय हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप