शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकमा मेहेन्दी उत्सव

आइतबार, ०१ साउन २०७४, १९ : ५९
आइतबार, ०१ साउन २०७४

सुर्खेत– सनराइज बैङ्क सुर्खेत शाखाले आइतबार मेहेन्दी उत्सवको आयोजना गरेको छ । 

मेहन्दी उत्सवमा एक सय ५० भन्दा बढी महिला दिदी–बहिनीहरुलाई मेहन्दी लगाइएको थियो । हरियो महिनाको रुपमा चिनिने साउनलाई महिला दिदी–बहिनीहरुले विशेष महत्व दिने गरेका छन् ।

बैङ्कले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर देशभरका शाखाहरुमा प्रत्येक वर्ष मेहन्दी उत्सव गर्दै आएको छ । शाखा प्रवन्धक प्रवीण अधिकारीकाअनुसार महेन्दी उत्सवमा १५ वर्षदेखि ५२ वर्षसम्ममा महिला दिदी–बहिनीहरुको सहभागिता रहेको थियो ।

‘शाखा सञ्चालन भएको पहिलो पटक सुर्खेतमा हामीले मेहन्दी उत्सवको आयोजना गरेका हौं’ शाखा प्रवन्धक अधिकारीले भने, ‘पहिलो पटक आयोजना गरिएको उत्सवमा महिला दिदी–बहिनीहरुको उल्लेख्य सहभागिता रह्यो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप