शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निगमको अनलाइन बुकिङ्ग शुरु

आइतबार, ०१ साउन २०७४, १९ : ४३
आइतबार, ०१ साउन २०७४

काठमाडौँ – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले सेवालाई प्रभावकारी बनाउन आजदेखि अनलाइन बुकिङ्ग शुरु गरेको छ । 

अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेसँगै अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्ने निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले आज यहाँ एक कार्यक्रमबीच अनलाइन बुकिङ्ग उद्घाटन गर्दै सूचना प्रविधिको प्रयोगले निगमको सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताए । 

सूचना प्रविधि विभागका उपनिर्देशक अमृतमान श्रेष्ठले निगम अत्याधुनिक प्रविधिलाई सेवामा लगाई उच्चस्तरीय सेवा दिन सक्षम हुँदै गएको बताए । 

भारतको वर्ड इन्फर्मेसन सिस्टम तथा थाइल्याण्डको टुसिपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङ्गको थालनी गरिएकोे छ । 

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आबद्ध गरिनेछ । यसका लागि केही समय लाग्ने निगमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप