शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा नयाँशक्ति र माओवादी केन्द्रबीच पार्टी एकता, दुई केन्द्रीय सदस्य पनि माओवादीमै फर्किए

आइतबार, ०१ साउन २०७४, १९ : १३
आइतबार, ०१ साउन २०७४

गुल्मी– गुल्मीमा नयाँशक्ति नेपाल र नेकपा माओवादीबीच पार्टी एकताको घोषणा गरिएको छ । नयाँशक्तिका केन्द्रीय सदस्यहरु चन्द्र विश्वकर्मा र कविता विश्वकर्मासहितका जिल्लाका कार्यकर्ताले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा गरेका हुन् । 

श्रावण २९  गते माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुुदर्शन वराल,  जिल्ला सह–इञ्चार्ज निमबहादुर पाण्डे र केन्द्रीय सदस्यद्वय बिश्वकर्माको हस्ताक्षरसहित गरिएको पार्टी एकताको सहमति पत्र सार्वजनिक गरिएको छ ।  

केहि थप सदस्यको पदीय हैसियतबारे छलफल चलाइएको र सहमति हुन बाँकीसँग सहमति भएकाले सहमति सार्वजनिक गरिएको पोलिटव्युरो सदस्य वरालले जानकारी दिए । नयाँशक्तिबाट पछि जिल्ला संयोजकको जिम्मेवारी सम्हालेका तेजेन्द्र थापा र सचिव जनक पन्थ भने पार्टी एकता प्रकृया भित्र छैनन् । पदीय हैसियत नयाँशक्तिमा जे थियो त्यही रहने गरी पार्टी एकता गरिएको बताइएको छ । 

गुल्मीका नयाँशक्तिका जिल्ला संयोजक मणिराम ज्ञवाली सहितका नेता कार्यकर्ता भने स्थानीय तहको निर्वाचनअघि नै माओवादी केन्द्रमा समाहित भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप