बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा इमरान खान प्रधानमन्त्री बन्ने सम्भावना, २१ वर्षमा शून्यबाट सत्तासम्म

बिहीबार, १० साउन २०७५, १४ : ३०
बिहीबार, १० साउन २०७५

इस्लामावाद । बुधबार पाकिस्तानमा २७२ सिटको लागि भएको आम निर्वाचनको मतगणना जारी रहेको छ । 

प्रारम्भिक मतगणनाबाट प्राप्त तथ्याङ्कलाई हेर्दा पूर्व क्रिकेटर इमरान खानको पार्टी तरिक–ए–इन्साफ(पीटीआई) सरकार बनाउने बाटोतर्फ अघि बढिरहेको देखिन्छ । 

पाकिस्तानी समाचारपत्र डनका अनुसार ४७% मतदान केन्द्रहरुको मत गणना भइसक्दा पीटीआई ११३ सिटमा अगाडि रहेको छ । त्यस्तै पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम

लिग(पीएमएल–एन)ले ६४ सिटमा अग्रता लिएको छ । उता स्वर्गीय भेनेजीर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी(पीपीपी) ४३ सिटमा अघि रहेर तेस्रो स्थानमा रहेको छ ।

न्यूज एजेन्सीहरुका अनुसार सन् २०१५ को आम निर्वाचनमा जस्तै यो पटक पनि ५० देखि ५५% मात्र मतदाताहरु मत दिन आए । 

नेशनल एसेम्ली भनिने पाकिस्तानको संसद ३४२ सिटको रहने व्यवस्था छ । जसमा ६० सिट महिलाहरु र अरु १० सिट अल्पसंङ्ख्यकहरुको लागि आरक्षित रहेको छ । 

पाकिस्तानको संसदमा बहुमतको लागि १३७ सिट आवश्यक पर्छ ।

२१ वर्षमा शून्यबाट सत्तासम्म 
पीटीआई पार्टी २२ वर्षअघि मात्रै स्थापना भएको हो । सन् १९९२ मा पाकिस्तानलाई क्रिकेट विश्वकप जिताउन प्रमुख भूमिका खेलेका क्रिकेटर इमरान खानको प्रयासमा यो पार्टी स्थापना भएको थियो । 
सन् १९९६ मा स्थापना भएको पीटीआईले त्यसको एक वर्षपछि भएको आम निर्वाचनमा आफ्ना सबै उमेद्वारले जमानत गुमाएको अवस्था सहनु परेको थियो । 

पीटीआईको खास उदय २०१३ पछि हुन थालेको मानिन्छ । त्यस वर्षको निर्वाचनमा उसले गरेका प्रदर्शनबाट उसले पाकिस्तानी राजनीतिमा पकड जमाएका स्थापित दुई ठूला पार्टीहरु पीपीपी र पीएमएलको विकल्पको रुपमा अघि आउन सक्ने सम्भावना देखाएको थियो । 

चर्को र क्रुद्ध भाषण गर्ने इमरान खानको पार्टीको उदयलाई पाकिस्तानको प्रगतिशिल पार्टी मानिने पीपीपीको घट्दो प्रभावले फाइदा पु¥याएको मानिन्छ । सन् २००८को आम चुनावमा सबैभन्दा ठूलो पार्टी भएको पीपीपी हाल निक्कै कमाजोर अवस्थामा पुगेको छ । यस निर्वाचनमा उसलाई बलियो प्रतिस्पर्धीको रुपमै हेरिएको थिएन । 
मुख्य प्रतिस्पर्धा नवाज शरिफको पार्टी र इमरान खानको पार्टीबीचमा मात्र देखिन्थ्यो । 

तर केही वर्ष अघि कसैले दीगो राजनीतिज्ञ नमानेका इमरान खानको अचानकको उदयमा धेरै त्यहाँको अत्यन्त शक्तिशाली सेनाको साथ रहेको आरोप लगाएका छन् । 

इमरान खानको पार्टीले सन् १९९९मा सेनाले गरेको ‘कु’ को समर्थन गरेको थियो ।

पीटीआईको उदय तलको तथ्याङ्कबाट पनि ठम्याउन सकिन्छ । तालिकामा प्रमुख तीन पार्टीको पछिल्ला तीन आम निर्वाचनको परिणाम दिइएको छ ।

 पाकिस्तान स्थापनाको ७१ वर्षमा तेस्रो पटक कार्यकारी शासनको हस्तान्तरण निर्वाचन मार्फत हुन लागेको हो । जसबाट इमरान खान प्रधानमन्त्री बन्ने सम्भावना रहेकाे समाचाहरुमा जनाइएकाे छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप