केन्द्रीय संस्करण

भाषामा भुत्ते नियम !

person explore access_timeसाउन १०, २०७५ chat_bubble_outline0

अन्योल र दम्भ
    एकजना कक्षा आठमा अध्ययनरत विद्यार्थीसँग उनले आफ्नो नाममा ‘पुजा’ लेखेकाले ‘पूजा’ शब्द शुद्ध हुन्छ भन्ने कुरा गरेँ । उनले आफ्नो जन्मदर्ता देखाएर भनिन्, ‘मेरो नाम यही सही हो ।’ मान्छेकै नाममा ह्रस्व ‘सिता’ लेख्ने गरेको त्रुटि विद्यार्थीमा पाइन्छन् । अर्थका हिसाबले ‘सिता’को अर्थ भातको सिता हुन्छ भने शुद्ध नाम ‘सीता’को अर्थ स्त्रीबोधक नाम हुन्छ । जिज्ञासाकै क्रममा अर्का विद्यार्थीले त्यसै गरी भने– ‘मेरो जन्मदर्तामा ‘बिकास’ छ, त्यसैले म मेरो नाममा ‘विकास’ सही हो भन्ने जान्दाजान्दै पनि ‘बिकास’ नै लेख्ने गर्छु ।’ आजभोलि जन्मदर्तामै आधिकारिक रूपमा अशुद्ध नाम लेखिएका प्रशस्तै भेटिन्छन्, जसमा सम्बधित निकायलाई कुनै होसहवासै छैन, हुन्न ।

वास्तवमा पुजा, आशिर्वाद, गिता, दिपक, नबिनजस्ता कैयौँ नाम अशुद्ध लेखिँदा रहेछन्, जुन नामहरू क्रमशः पूजा, आशीर्वाद, गीता, दीपक, नवीन हुनुपर्ने हुन् । भाषिक प्रयोगमा एकरूपता नै हराउँदा नेपाली भाषाले आज पनि अन्योलमै विभिन्न जटिलतासँग पौँठेजोरी गरेर अघि बढ्दै छ । एकातिर आधिकारिक प्रमाणमै अशुद्धता हुन्छ, अर्कातिर नेपाली शुद्धताका विषयलाई ठूलो समस्या मानेको पाइँदैन । ‘नेपाली त हो नि, मलाई आउँछ’ भन्ने दम्भ बोकेर विद्यालयमा नेपाली विषय इतरका शिक्षकले अध्यापन गर्ने हेलचेक््रयाइँ छँदै छ । अङ्ग्रेजी माध्यममा पढाइने विद्यालयले त आफ्नै देशको प्यारो माध्यम भाषा प्रयोग गर्दा सजाय शुल्क असुली गरिरहेको हुन्छ । यो कस्तो देश हो ? जहाँ आफ्नो देशको भाषा बोल्दा जरिवाना तिर्नुपर्ने अनि अर्काको देशको भाषा बोले पुरस्कार पाउने भुत्ते नीति ? यसको अर्थ अङ्ग्रेजी भाषाको ज्ञान जान्नुको विरोध होइन तर देश र स्वाभिमानका विषयलाई भुल्ने पद्धति कुनै राष्ट्रिय स्वाभिमानको रक्षाको आधार हुनसक्ला त भन्ने हो । आज कलिला मस्तिष्कलाई दबाबपूर्वक अङ्ग्रेजी मोहमा लादिन्छ, जसमा आफ्नो स्वाधीनता र पहिचानलाई, आपूmलाई मेट्ने चर्को होडबाजी छ ।

हेर्ने नै हो भने यो विषय मुलुकको हीत विपरीत पलायनवादी बन्ने र परनिर्भरताको चक्रव्युहको जालो मात्र हो । आज धेरै विद्यार्थीको मस्तिष्कमा विदेशको भूत चढाइएको हुन्छ । यहाँ केही छैन भन्ने भानको विकास हुन्छ, तब उसलाई विदेशको सौन्दर्यताको पाठ सिकाएर यहाँ सम्भावना नभएको भावबोध गराइन्छ । आत्मनिर्भर बन्न, स्वदेशमै विकासका सम्भावना खोज्ने शिक्षा दिइँदैन । ग्रिनकार्डवालालाई भगवान् ठान्ने, युरोप, अमेरिकातिर भासिए महान् मान्ने परतन्त्री कायर सोचले आजको समाज साह्रै नराम्ररी सङ्क्रमित छ । एउटा अध्ययनले देखाएको पनि छ, बालकलाई आधारभूत तहसम्म मातृभाषा सिकाउँदा राम्रो हुन्छ । त्यसपछि बल्ल अङ्ग्रेजीलगायतका अन्य भाषामा दखल राख्ने गरी विकास गरे राम्रो हुन्छ ।

    आज हाम्रो देशले आफ्नो भाषासँग प्रेम गर्न सिकाएको लाग्दैन तब त आजका पुस्तालाई आफ्नै मातृभाषा आउँदैन । मातृभाषा शिक्षाका लागि केही प्रोत्साहनका कार्यक्रम गर्न सरकार जागरुक त छ तर प्रभावकारी बनाउने स्पष्टता छैन । आज नेपाली भाषामा शुद्ध र ढङ्ग मिलाएर एउटा निवेदन लेख्न नजान्ने विज्ञहरू राष्ट्रियताको गफ चुट्छन् । भाषण गरिन्छ तर आफ्नोपनाको गुदी केही हुँदैन । चाणक्यले भनेका छन्– ‘साहित्य, सङ्गीत र कला नभएको मानिस सिङ र पुच्छर नभएको असचेत पशु जस्तै हो ।’ आज कक्षा १० का निकै मेधावी विद्यार्थीले पनि अक्षर फुटाएर अध्ययन गर्न सक्दैनन् । के त भाषाको प्रयोगमा कामचलाउ गरेरै देशले राष्ट्रियतासँग नातो गाँस्ला ? बिहानदेखि अतिरिक्त कक्षामा बेलुकासम्म राखेर मूलतः अङ्ग्रेजी, गणित र विज्ञानकै विषयमा रटाइराखिन्छ तर नेपाली नजान्दा उस्तो पीडाबोध लाग्नै छोड्यो । किनकि नेपाली त पासै मात्र हुने स्तर आए ठीकै छ । ‘जसोतसो कोरे पनि पास भइहालिन्छ । अलिअलि व्याकरण पढ्ने बाँकी अनुच्छेद, अरू लेख्ने, कामचलाउ सरकार गर्ने’– एकजना विद्यार्थीले मलाई यही जवाफ दिए । म नाजवाफ भएँ । फेरि उही गुनासो त पोख्नै प¥यो, विचारतिर लम्किएँ । अनि नेपाली भाषामाथिको बेथितिलाई नियाल्नु जरुरी ठानेँ–

कार्यालयका आधिकारिक कागजातमा भाषा
    आजभोलि हामी हेरौँ, धेरैजसो सरकारी कार्यालयका आधिकारिक कागजातमा नेपाली भाषा अपाङ्ग लाग्छन् । भुत्ते नीतिमा चलिरहेका छन् । ‘भाषा भनेको त भाव बुझे भइहाल्यो नि’ भन्ने पन्छिन चाहनेको सङ्ख्या धेरै हुँदा नेपाली भाषा साँच्चै कुरूप बन्दै छ । विडम्बना नेपालकै सरकारी कर्मचारीले अप्ठ्यारो नमानी भन्ने गर्छन् ‘मलाई नेपाली आउँदैन ।’ यसो भनिरहँदा सबैले भाषा नजान्लान् तर भाषिक प्रेमकै अवमूल्यन हुनु पीडादायी विषय हो । पलायनवादी मान्यताको प्रोत्साहन हो । यसर्थ अब त कमसेकम कार्यालयमा नेपालीमा शुद्ध लेख्न सक्ने नेपाली भाषी कर्मचारी भएमा राम्रो हुन्थ्यो कि ? हरेक देशले आफ्नो भाषा र संस्कृतिप्रति सद्भाव राख्छ, प्रेम गर्छ । तर नेपाल त यस्तो देश बन्दै छ, जहाँ आफ्नै देशको माध्यम भाषामा पनि राजनीतिको खोल ओढाएर अनकौँ जटिलता सिर्जना भइरहन्छन् ।   
कुन फन्ट आधिकारिक हो त ?    
    नेपाली भाषालाई शुद्ध र मानक प्रयोग गर्नका लागि प्रविधिको ज्ञान आवश्यक छ । बहुसङ्ख्यकले प्रयोग गर्ने फन्ट प्रिति नै हो तर सबैतिर यही फन्ट प्रयोगमा नहुँदा समस्या पनि झेल्नुपर्ने भएका उदाहरण भेटिरहिन्छन् । आजको वैज्ञानिक विद्युतीय सामग्रीलाई समुचित प्रयोग गर्न कुन फन्ट अर्थात् कुन लेखन लिपि शैलीको प्रयोगलाई सरकारी मान्यता दिने भन्ने विषयमा चर्चा, छलफल र बहस भएको पाइँदैन । कतिपय प्राविधिक पक्षको अभाव त्यहाँ छ, जहाँ सिम्बोलमा गएर खोज्दा पनि खोजेको वर्ण, चिन्ह पाइँदैनन् । मूलतः त्रिवितिर शोध अध्ययन तयार पार्न या अन्य कार्यविधिमा प्रिति फन्टको प्रयोग गर्नुपर्ने मान्यता रहेको पाइन्छ । धेरै कार्यालयमा आ–आफ्नै तरिकाका फन्ट प्रयोग गरिन्छन् । कतिपयले कुनै एउटा फन्टलाई मान्यता दिएर आफ्नो कार्यालयमा एउटै फन्टको सिन्डिकेट चलाएका हुन्छन् । यसको अर्थ अन्य फन्टले त्यहाँ मान्यता पाउँदैन । अतः अब आधिकारिक रूपमा बहुसङ्ख्यकले प्रयोगमा ल्याएको प्रिति फन्ट प्रयोग गर्ने नीतिका साथमा यसभित्रका अभावलाई पूरा गर्ने गरी प्राविधिक व्यवस्थापन पो गर्ने हो कि ?

के देशको पहिचानभित्र भाषा पर्दैन ?
    तीतो यथार्थ भाषाको कुरा देशको आत्मस्वाभिमानभित्र परेको लाग्दैन । राजनीतिका कुनै तुक नै नभएका कतिपय विषय जसले देशमा घाटा नै घाटा तुल्याउँछ≤ समय, श्रम र सम्पत्तिलाई स्वाहा पारिरहेको छ । त्यो विषय पेचिलो बन्छ । अग्र स्थानको विशेष विषय बन्छ तर यस्ता हरेक सञ्चार, शिक्षा क्षेत्रका दैनिक प्रयोगमा आउने विषयका चर्चाले चासोको रूपमा स्थान नपाउनु दुखद् विषय हुन् । देशको पहिचान हो नेपाली भाषा । नेपालको एक मात्र यस्तो भाषा जसमा बहुसङ्ख्यक नेपालीको मनमुटु गाँसिएको छ । नेपाली भाषाको सहायताबाट यहाँका १२२ बढी अन्य मातृभाषाको जगेर्ना गर्नु उत्तिकै आवश्यक छ । अतः देशको मूल पहिचान र धरोहरभित्र पर्ने भाषा, संस्कृतिको ह्रासका विषय भोलिको भविष्य निर्माणका आधार हुन् । हामीले आफ्नै पहिचानलाई अब जुँगाको लडाइँ गरेर बेवास्ता गर्ने हो भने हाम्रो आफ्नोपना नै के बाँकी रहला र ? हामी को हौँ, यो प्रश्नको उत्तर दिने हैसियत के बाँकी रहला र ! 

    भाषासँग संस्कृति, पहिचान, राष्ट्रियता, स्वाभिमानलगायतका सामाजिक, सांस्कृतिक, आत्मीय गौरवले प्रगाढ तादात्म्यता गाँसेको हुन्छ । नेपाली भाषा वैज्ञानिक कोणमा सबल छ, व्यावहारिक जीवनका लागि प्रायोगिक छ । यसको उपादेयता माथि विचार फरक होलान् तर भावनात्मक एकताको आधारबाट हेर्दा यो अनुसन्धेय विषय बन्छ । आज समाजमा पैmलिँदै गएको भाषिक अपक्षयीकरणको मानसिकताले एउटा प्रश्नलाई उब्जाउँछ– के नेपाली भाषा प्राविधिक विकासको आवश्यकताको सूचीमा दर्ता हुन सक्दैन त ? यस्तो पनि लाग्छ, नेपाली भाषा किन यति धेरै अनावश्यक लाग्न थाल्यो– यो समाजलाई ? लाजमर्दो कुरा आफ्नै देशको माध्यम भाषा बचाउनुपर्छ भन्दै देशमा माग राख्नुपर्ने रे । भाषा बचाउ आन्दोलन मच्चाउनुपर्ने कस्तो विडम्बना ? राष्ट्रिय जनगणना २०६८ ले सिङ्गो नेपालभरि ४४.६३ प्रतिशत नेपालीहरूको मातृभाषा नेपाली रहेको तथ्य पेस गरेको छ । यसको अर्थ नेपालका १२३ बढी भाषाहरू मध्ये १२२ भन्दा बढी भाषाहरूको संरक्षण, संवर्धन र विकासको सेतुका रूपमा भूमिका निर्वाह गर्ने दायित्व पनि यही भाषाकै काँधमा छैन र ! किनकि, १३ वटा भाषामा मात्र कुल जनसङ्ख्याको १ प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या छन् भने ११० वटा भाषाका वक्ता  १ प्रतिशतभन्दा कम छन् । नेपाली भाषा त सिङ्गो नेपालीको साझा सम्पत्ति हो ।

चाहे भाषिक मजबुती, विकास या विस्तारका दष्टिले होस् या नेपालीको आत्मीय बोधगम्यता तथा विचार विनिमयका आधारले नै पनि । यो कुनै निश्चित वर्गमा सीमित छ भन्ने सोच जाग्नु दुःखद् विषय बन्छ । आफ्नो लिपि, वर्ण, व्याकरण, वाङ्मय, शब्दकोश जस्ता भाषाका अपरिहार्य आधारभूत पक्षमा कमजोर नेपालका सबै मातृभाषाको विकास, विस्तार र जगेर्ना गर्ने आधार पनि नेपाली भाषा नै हो । यसर्थ हाम्रो बहुभाषिक मुलुकलाई सबै मातृभाषाको रक्षा गर्ने एउटा आधार यही भाषा बन्छ ।

भाषिक लापर्वाहीको चरम सीमामा सरकारले के गर्ने ?
    आज भाषाको प्रयोग जथाभावी हुन्छ । सञ्चारमा अङ्ग्रेजी मिश्रित जथाभावी भाषा हाबी बन्दै गएको छ । आफ्नोपनामा निर्लज्ज मिश्रण हुँदा आधा अङ्ग्रेजी आधा नेपाली मिसाएर बोल्ने खिचडी शैली पाइन्छ । न आफ्नो जान्यो न अर्को पूर्ण भयो । आखिर यसरी मिश्रित शैलीको बडप्पन देखाउनुभन्दा कमसेकम एउटा भाषा, अर्को भाषा जुन प्रयोग गरिन्छ, त्यो सबल र स्पष्ट भए राम्रो होइन त ? आज त जबर्जस्ती लादिन्छ । नेपाली माध्यमको शिक्षामा निरुत्साहित गर्ने शिक्षालाई बोकेर सरकार स्वयम् पनि ‘नेपाली जानेर के काम’ भन्ने सोचमा प्रोत्साहन त गर्दै छैन, सोचनीय पक्ष छ । यदि हामी आपूm र आफ्नोपनामा कमजोर र असक्षमता देखिरहन्छौँ भने हामी सबैको लक्ष्य विदेश पलायनमै ठोकिएको त होइन ? अनि स्वदेशको आत्मनिर्भरता, स्वदेशको विकास, स्वाभिमानको रक्षाको कुरो कहाँ गएर ठोकिएला ? हिन्दी फिल्म मन पर्ला, अङ्ग्रेजी राम्रो लाग्ला ठीकै छ तर हाम्रा आफ्ना शैलीमा आफ्नोपना छैन र ? विज्ञानको चमत्कारलाई देखेर पश्चिमीकृत हँदै जाँदा हामी नै पलायनवादी भइरहेका छौँ कि ! हामीले सञ्चारमा कुनै एउटा भाषा प्रयोग गरौँ न जुन शुद्ध र स्पष्ट होस् । अङ्ग्रेजी हो भने शुद्ध अङ्ग्रेजी या त शुद्ध नेपाली भाषाको प्रयोग होस् । यसको अर्थ भाषा अपरिवर्तनशील हुन्छ भन्ने गलत अर्थबोध नहोस् । परिवर्तन हुँदै भाषा समय अनुसार अघि बढ्छ तर भाषाको अप्रत्यासित अपशरणशीलता बढ्दा आज अपक्षयीकरण भइरहेको छ । सक्षम नेपाली भाषा पनि कुरूप र बेढङ्गको बन्दै छ । यसको मूल कारण सरकारको भाषानीति र भाषायोजनासँग गएर जोडिन्छ । सञ्चार, शिक्षाको माध्यम, अनलाइन सूचना प्रविधि, लेख्य मानकीकरण र आधुनिकीकरणको व्यवस्थापन लगायतका क्षेत्र र विषयमा सरोकारवाला के गर्दै छन् । यहाँ त उल्टो वर्णविन्यासमा नयाँ र पुरानो शैली अपनाउनेको राजनीतिगत खेमाबन्दी छँदै छ । नेपाली भाषाको वर्णविन्यासका विषयमा दुई धारका विचारकहरूमा मजासँग बोलचाल बन्द भइरहेका मनोवैज्ञानिक जटिलतामा सर्वसाधारणले सास्ती पाउनुपरेका सङ्कीर्णतालाई देख्दा जरो नै किराले खाइसक्यो हाँगो समातेर लडाइँ गर्नुको के अर्थ रहला भन्न मन लाग्छ । 

होर्डिङ बोर्डमा शुद्ध लेखे के बिग्रन्छ ?
    हुन त होर्डिङ बोर्डमा नेपाली शुद्ध लेखे हुन्थ्यो भन्ने आशा गरिरहँदा कमसेकम नेपालीमा पनि लेखिदिए अलिकति आफ्नो भाषाप्रति प्रेम रहेछ भन्ने अवस्था छ । किनकि होडिङ बोर्ड भन्ने शब्द नै अङ्ग्रेजी हो । यसो भनिरहँदा सर्वसाधारण जनताले बुझ्नेसम्मका विषयमा हामीले लचिलो पनि बन्नै पर्ने रहेछ । यद्यपि कुरा के हो भने जानाजान लाद्ने शैलीलाई बदल्न त यो अभियान पनि एउटा राम्रो आन्दोलन नै बन्न सक्ला । अतः सबै टाँगिएका पसलका विज्ञापन र नामलाई शुद्ध लेख्ने अभियान चलोस् न । अङ्ग्रेजीमा लेख्ने हो भने रोमन लिपिमै लेखियोस् । नेपाली र अंग्रजी आ–आफ्नै लिपिमा लेखियून् । बरु दुबै भाषाको प्रयोग एउटै बोर्डमा भए ठीकै होला । अङ्ग्रेजीलाई कोष्ठकभित्र प्रयोग गरौँ । गाडिमा प्रयोग भएका भनाइहरू शुद्ध लेखियून् । मुलुकले उर्दी जारी गरोस् । सरोकारले शुद्धतामा सप्रेम ध्यान दिऊन् देशलाई फाइदापरक होइन र । यदि अङ्ग्रेजी प्रयोग गर्छ शुद्ध प्रयोग गरोस् । नेपालीको प्रयोग गर्ने हो भने शुद्ध होस् । अङ्ग्रेजी शब्दलाई सबैमा ह्रस्व र पातलो ‘स’को प्रयोग गरे राम्रो हुन्थ्यो कि भन्ने सुझाव पनि हो किनकि हामी आजभोलि बेढङ्गमा प्रयोग गरिरहेका त छैनौँ ?  
निष्कर्ष
    नेपालको संविधानको धारा २८७ बमोजिम वि.सं. २०७३ भदौ २३ गते को नेपाल सरकारको निर्णयअनुसार भाषा आयोगको गठन त भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, गोरखापत्र संस्थान, साझा प्रकाशनलगायत नेपालका भाषासँग सम्बद्ध रहेर अघि बढिरहेका इतिहास हामीसामु छन् । अब त बरु हरेक कार्यालयमा नेपाली भाषाका जानकार विज्ञको कोटा अनिवार्य हुनुपर्ने हो । नेपाली भाषाको संरक्षण गर्ने जिम्मेवारीभित्र नेपाली भाषा शिक्षक मात्र उत्तरदायी हुनुपर्ने हो र ? सरकारी तथा निजी कार्यालयबाट प्रकाशन हुने विज्ञापन, चिठी, प्रस्तावनामा नेपाली भाषा शुद्ध हुनुपर्ने होइन र ? आज सञ्चार माध्यममा आइरहेका हरेक कार्यक्रममा अशुद्धता देख्दा, अङ्ग्रेजी–नेपाली मिश्रण गर्दै सान देखाउने पद्धति विकसित भइरहँदा यसमा कुनै निमय स्पष्ट छ त ? विषय गहन बन्दै गर्दा, अशुद्ध होडिङबोर्डसम्म सच्चिनुपर्ने प्रावधानको आवश्यकता महसुस हुन्छ । जथाभावी नेपाली भाषालाई बिगार्ने र अङ्ग्रेजीको अन्धभक्त बनेर विदेशको भूत चढाउने परम्परा बदल्दै आफ्नोपनामा रमाउने वातावरणसँग राज्य पनि त गम्भिर बन्न सक्नुपर्छ । के नेपालीले नेपाली भाषामा निवेदन लेख्न, भाव पोख्न, शुद्ध लेख्न र पढ्न जान्नु पर्दैन ? अर्काको देशमा लहसिने परनिर्भरताको सङ्कीर्णताबाट हामी माथि उठ्ने हो भने हाम्रा पहिचानका सबै १२३ वटै भाषाको रक्षाका खातिर सजग बन्नुपर्ने बेला आएको छ । कक्षा १० पास गर्दा पनि अक्षर फुटाएर पढ्न नसक्ने नेपालीले नेपालीत्वको भावमा कसरी गर्व गर्ने ? शिक्षित बन्नु भनेको आफ्नै भाषा, पहिचान, कला, सामाजिक धरातललाई गलपासो लगाएर भौतिक सम्पन्नताको अन्धो खोल ओढ्नु मात्र त नहोला । अर्काको संस्कृति, भाषा र बडप्पनको अन्धानुकरण गर्दैमा शिक्षाको गाँठो बलियो पनि त नबन्ला । लोकसेवा आयोगमा सोधिने प्रश्नको उत्तर नेपालीमा पढेर नेपालीमा लेख्नुपर्दैन ? दैनिक पत्र पत्रिकाका समाचारलाई अक्षर फुटाएर पढ्नु व्यावहारिक शिक्षा होइन ? नेपाली विषय त नेपालीका लागि जीवन मरणको साथी हो । आधार हुनुपर्ने हो । कला, सीप, व्यापार, व्यवसाय, सञ्चारलगायतमा प्रयोजनपरक उपादेयता बोकेको नेपाली भाषाको उपेक्षा हुँदा जोकोही नेपाली मनले गुनासो गर्नु नौलो कुरा होइन । 

    २००४ सालको संविधानमा नेपालको राष्ट्रभाषाका रूपमा नेपाली भाषालाई व्याख्या गरिएको छ । २०१५ सालमा आइपुग्दा ‘देवनागरी लिपिमा लेखिएको नेपाली भाषालाई नेपालको राष्ट्रभाषा’ भनी व्यवस्था गरियो । २०१९ सालको संविधानले नेपाली भाषालाई राष्ट्रभाषा भन्नुका साथै विदेशीका हकमा नेपाली नागरिकता लिन नेपाली भाषा जान्नुपर्ने बाध्यकारी नियम ल्याइयो । २०४७ सालको संविधानमार्पmत् नेपालका भाषाहरूमध्ये नेपाली भाषालाई राष्ट्रभाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषा भनेर नेपाली भाषालाई सरकारी कामकाजको भाषा नेपाली हुने नीति ल्याइयो । प्रजातन्त्रको पुनस्र्थापनापछि नेपालको भाषिक अध्ययनको जटिलतालाई नियालेर २०५० सालमा राष्ट्रिय भाषानीति सुझाव आयोग गठन भयो । २०५८ सालको जनगणनाबाट नेपालको भाषिक विविधता र जटिलतालाई थप पुष्टि गरियो । अन्तरिम संविधान २०६३ मा नेपालका सबै भाषालाई राष्ट्रभाषा हुन् भनी उल्लेख गरियो । अहिलेसम्म आइपुग्दा मुलुक सङ्घीय संरचनामा मोडिएको छ । २०७२ को संविधानको भाग १ दफा ६ अनुसार “नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालका राष्ट्रभाषा हुन् ।” त्यस्तै गरेर दफा ७ मा भनिएअनुसार “(१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । (२) नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । (३) भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे अनुसार हुनेछ ।” यसरी हेर्दा वर्तमान भाषानीतिलाई नेपालमा रहेका बहुभाषिक स्थितिले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । 

    कोरिया, जापान, चीन, फ्रान्स, अरबीयन मुलुक, साउदी अरेबियालगायतका मुलुकले आफ्नै देशको भाषालाई प्रोत्साहन गर्ने कानुनी प्रावधानलाई अपनाइरहँदा हामी भने नेपाली भाषामा राम्रोसँग एउटा निवेदन लेख्न जान्दैनौँ । हामीलाई आफ्नै भाषाको रक्षा गर्नुको तुक नै थाहा हुन छोड्यो । मातृभाषा जान्नु र सिक्नुसँग पनि पैसाको खोल ओढाइएर निरर्थक हतोत्साहको आदत बस्यो । आफ्नी आमालाई गलत्याएर अर्काकी आमाबाट काम चलाउने परजीवी सोचको सङ्कीर्णतामा नेपालीपना छ, स्वाभिमान र गौरवमय पहिचान छ ? एक अनुच्छेद नेपाली भाषामा लेखेर प्रस्तुत गर्न आजको शिक्षित नवपुस्ताले जान्दैन ।

निमन्त्रण कार्ड, तमसुक, दैनिक व्यावहारिक कागजात लेखनमा नेपाली भाषा दैनिक प्रयोगको प्रायोगिक आवश्यक विषय हो । यसर्थ भाव पोख्ने सबैभन्दा सुलभ भाषा हो । सबै जाति, संस्कृति, धर्म, परम्पराको सम्बन्ध गाँस्ने सेतु हो । साहित्य, वाङ्मय, शब्दकोष, लिपि, वर्ण, व्याकरण जस्ता भाषा बाँच्न चाहिने पूर्वाधारमा सम्पन्नता र विश्वमा व्यापकता, विश्वव्यापीकरणमा गति लिइरहेको सक्षम नेपालको भाषा पनि नेपाली नै हो । यति कुरा जान्दाजान्दै नेपाली भाषाको महŒव घटाएर अङ्ग्रेजी मोहमा लहसिनु कस्तो उच्च बौद्धिकता हो भन्ने प्रश्न पनि उब्जिन्छ । अङ्ग्रेजीमा अलिकति पनि गल्ती नहुने गरी सच्याइन्छ तर नेपाली भाषालाई जथाभावी प्रयोग गरेर कुरूप बनाउँदा मन पोल्दैन । यो भुत्ते नीतिबाट हामी कसरी चल्ने ? बरु राज्य नै यी विषयमा नाजवाफ छ । 
दजबततबचबष्चबmभकजघछघ२नmबष्।िअयm
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...