शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काश्मिर सडक दुर्घटनामा सोह्र तीर्थयात्रीको मृत्यु, सत्ताइस घाइते

आइतबार, ०१ साउन २०७४, १८ : ४५
आइतबार, ०१ साउन २०७४

श्रीनगर (भारत प्रशासित काश्मिर)– भारत प्रशासित काश्मिरमा धार्मिक पर्यटक लिएर गुडिरहेको एउटा बस आइतबार सडकबाट चिप्लिएर एक खोल्सामा खस्दा कम्तिमा १६ तीर्थयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भारतीय समाचार संस्था पीटीआईले भने मृतक सङ्ख्या ११ भएको र घटनामा ३० देखि ३५ जना घाइते भएका जनाएको छ । 

श्रीनगरबाट १०७ किलोमिटर टाढा पर्ने रामवाण जिल्लामा दुर्घटना भएको र मृत शरीरका साथै घाइते भएका सवैजनालाई स्थानीय नागरिक र प्रहरीको सहयोगमा अस्पताल पु¥याइएको छ । मृतकका पहिचान भने भइसकेको छैन । 

“तीर्थयात्री रहेको बस सडकबाट चिप्लिएर श्रीनगर–जम्मु राजमार्गको नसरानास्थित खोल्सामा खसेको,” श्रीनगरका प्रहरी प्रवक्ताले जनाउनुभएको छ । घटनास्थलमा १६ जनाको मृत्य भएको छ भने १९ जनालाई गम्भीर घाइते अवस्थामा अस्पताल पु¥याइएका, उहाँले बताउनुभयो । आठ जना सामान्य घाइते भएका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका केही जनालाई विमानमार्फत जम्मुस्थित अस्पतालमा लगिएको छ । 

हिन्दु तीर्थधाम अमरनाथमा हरेक बर्षको वर्षायाममा खुल्ने पूजाका लागि यही जुन २९ गतेदेखि यात्राका लागि खुला गरिएपछि भएको यो यस क्षेत्रको सवैधन्दा ठूलो सडक दुर्घटना हो । 

यसबर्ष मात्रै एक लाखभन्दा बढी तीर्थालुले अमरनाथको भक्तिपूर्वक दर्शन गरिसकेका छन् । उच्च हिमालयको काखमा रहेको गुफामा भगवान् शिवको आराधना गर्न हरेक बर्ष भारतका विभिन्न राज्य, नेपाल लगायतका देशबाट ठूलो सङख्यामा उपस्थिति रहने गर्छ । 

भारतमा कमजोर सडक संरचना, भौगोलिक विकटता, क्षमता भन्दा बढीभार तथा चालकको लापर्बाही लगायतका कारण बर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप