शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतार संकट समाधानको प्रयासस्वरुप फ्रान्सेली विदेशमन्त्री अरबमा

आइतबार, ०१ साउन २०७४, १८ : ३१
आइतबार, ०१ साउन २०७४

रियाद – कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिन साउदी अरबको मुख्य पश्चिमी सहर जेद्दाहमा शनिबार आइपुग्नुभएको छ । 

गएको करिब महिनादिन भन्दा लामो समयदेखि कतारका छिमेकी मुस्लिम देशले उससँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न भएको समस्या समाधानको प्रयास उहाँले गर्नुहुने छ । 

“फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका देशका जनता विषेशगरेर विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरुलाई पनि दुःख दिएको छ” ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो । 

विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिनुभयो । 

रियादको भ्रमणपछि उहाँले कुवेत र युएइ पनि जानुहुने छ । उहाँले सो भ्रमणमा विशेष गरेर छलफलबाटै सङ्कट समाधान खोज्न जोड दिनुहुने भएको छ । 

साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले भने कतारले धेरै सम्झौता उल्लङ्घन गरेका धैरै प्रमाण रहेको दावी गर्नुभयो । 

उहाँले सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को ‘सप्लीमेन्ट्री एग्रिमेण्ट’ खाडी मुलुकको सहकार्यका लागि गरिएको भएपनि बेवस्ता गरेको पनि बताउनुभयो । 

विदेशमन्त्री जुवेइरले आतङकबाद विरुद्धका सम्झौता कतारले पालना गर्नैपर्ने शर्त जोडतोडका साथ राख्नुभयो । 

चार देशले कतारसँग गत जुन ५ तारिखदेखि नाकाबन्दी गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्न जुन २३ मा १३ बुदे शर्त राखेर कतारलाई पत्र पनि पठाएका थिए । 

पत्रमा अल जाजिरा टेलिभिजन बन्द गर्नु पर्ने र ईरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने शर्त पनि राखिएको थियो । तर ती शर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन । 

कतारको यो जवाफ उनीहरुलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ । यस समयमा फ्रान्सका विदेशमन्त्रीको सक्रियता बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप