शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भैरहवा मेडिकल कलेजमा अध्ययनरत बिद्यार्थीद्वारा आत्महत्या

आइतबार, ०१ साउन २०७४, १८ : १५
आइतबार, ०१ साउन २०७४

भैरहवा–युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् ।

 काठमाडौंबाट एमओइको छात्रवृत्तिमा नाम निकाली युनिभर्सल कलेज भैरहवामा बिएससी नरसिङ्ग चौथो वर्षमा अध्ययनरत २३ वर्षिय बिमला तिमिल्सिनाले आत्महत्या गरेकी हुन् । 

मेडिकल कलेजको छात्राबासमा बस्दै आएकी तिमिल्सिनाले आइतबार बिहान कलेज जाने बेलामा ढोका बन्द गरी आत्महत्या गरेको अस्पताल प्रशासनले जनाएको छ । घटना के कारणले भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छोरीको मृत्यु भएको खबर पाएपछी भैरहवा आएका उनका बुबाआमा अचेत अवस्थामा रहेका छन्  । मृतकको शव युनिभर्सल कलेजमा लगिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप