बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एचटीसीका डिजायर १२ तथा डिजायर १२ प्लस बजारमा

बुधबार, ०९ साउन २०७५, १७ : २०
बुधबार, ०९ साउन २०७५

काठमाडौं । गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इन्फोटेकले नेपाली बजारमा एचटीसी ब्राण्डका दुई नया“ मोबाइलहरु एचटीसी डिजायर १२ एवम् डिजायर १२ प्लस नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । एचटीसी डिजायर १२ मा ५.५ इन्चको आइपिएस एलसिडि टचस्क्रिन डिस्पले रहेको छ भने अक्टाकोर प्रोसेसर तथा २७३० एमएचको ब्याट्री रहेको छ ।

त्यसैगरि एचटीसी १२ प्लसमा १८ः९ अनुपातको ६ इन्चको स्क्रीन छ भने यसको पनि पाछाडी डुअल क्यामेरा एवम् फिंगर प्रिन्ट रहेको छ । यसमा प्रयोग भएको क्वालकम स्नाप ड्रागन प्रोसेसरले मोबाइल एप्सहरु छिटो गतिमा चल्छ भने २९६५एम एचको ब्याट्रीको प्रयोगले लामो समयसम्म मोबाइल चलाउन सकिनेछ ।

उक्त दुबै आधुनिक टेक्नोलोजिका मोबाइलहरु एन्ड्रोइड ८.० (ओरियो) अपरेटिङ्ग सिस्टमद्वारा सञ्चालित हुनेछ । यि दुबै मोबाइलका नया“ अन्य थप विशेषताहरुले नेपाली मोबाइल प्रयोगकर्तालाई यसप्रति आकर्षित गर्ने कुरामा विश्वसत रहेको गोयन्का इन्फोटेक निर्देशक मुकेश कुमार शर्माको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप