एलियनको कथामा नेपाली फिल्म ‘एलियन्स’ बन्ने

काठमाडौं – एलियनको कथामा निर्माण भएको बलिउड र हलिउड चलचित्रले राम्रो व्यवसाय गरेका छन् । सायद त्यसैले होला नेपालमा पनि एलियनको कथामा चलचित्र निर्माण हुने भएको छ । ‘एलियन्स’ नाम राखेर चलचित्र निर्माण हुन लागेको हो ।
लोकनाथ गौतमले निर्देशन गर्ने चलचित्रको यतिबेला स्क्रिप्ट र लोकेशन हेर्ने काम भइरहेको छ । एलियनको बारे २ वर्षको रिसर्च पश्चात् चलचित्र बनाउन लागेको निर्देशक गौतमले बताए ।
एलियनको कथा भएका कारण अधिकांश दृश्य एनिमेशन र भिएफएक्स गर्नुपर्ने भएकाले चलचित्रको लागत अत्याधिक हुने निर्देशक गौतमको अनुमान रहेको छ । उच्च मेकिङका लागि भारतबाट प्राविधिक ल्याउने तयारी भइरहेको छ ।
नेपाली चलचित्र पनि स्तरिय बन्नु पर्ने र नेपाली चलचित्रलाई पनि अन्तराष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका यो चलचित्र निर्माण हुन लागेको हो ।
कलाकार र बाँकी टिमसहित छिट्टै चलचित्रको औपचारिक निर्माण घोषणा निर्देशक गौतमले जानकारी दिए । गौतमले यसअघि ‘रोमान्स’ र ’लभ इज लाइफ’ चलचित्र निर्देशन र निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि