एलियनको कथामा नेपाली फिल्म ‘एलियन्स’ बन्ने
काठमाडौं – एलियनको कथामा निर्माण भएको बलिउड र हलिउड चलचित्रले राम्रो व्यवसाय गरेका छन् । सायद त्यसैले होला नेपालमा पनि एलियनको कथामा चलचित्र निर्माण हुने भएको छ । ‘एलियन्स’ नाम राखेर चलचित्र निर्माण हुन लागेको हो ।
लोकनाथ गौतमले निर्देशन गर्ने चलचित्रको यतिबेला स्क्रिप्ट र लोकेशन हेर्ने काम भइरहेको छ । एलियनको बारे २ वर्षको रिसर्च पश्चात् चलचित्र बनाउन लागेको निर्देशक गौतमले बताए ।
एलियनको कथा भएका कारण अधिकांश दृश्य एनिमेशन र भिएफएक्स गर्नुपर्ने भएकाले चलचित्रको लागत अत्याधिक हुने निर्देशक गौतमको अनुमान रहेको छ । उच्च मेकिङका लागि भारतबाट प्राविधिक ल्याउने तयारी भइरहेको छ ।
नेपाली चलचित्र पनि स्तरिय बन्नु पर्ने र नेपाली चलचित्रलाई पनि अन्तराष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका यो चलचित्र निर्माण हुन लागेको हो ।
कलाकार र बाँकी टिमसहित छिट्टै चलचित्रको औपचारिक निर्माण घोषणा निर्देशक गौतमले जानकारी दिए । गौतमले यसअघि ‘रोमान्स’ र ’लभ इज लाइफ’ चलचित्र निर्देशन र निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण