मर्यादित ठाउँमा जुलुश निकालौंभन्दा कसरी अधिनायकवाद भयो ?: परराष्ट्रमन्त्री
लिस्बन– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए ।
प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तरक्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने– ‘जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएको हो, वर्तमान सरकार सोही जनादेशअनुरुप नै मुलुकको समृद्धि र विकासमा लागिपरेको छ ।’
आगामी १२ वर्षभित्रमा मध्यम आय भएको मुलुकका रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार अघि बढेको उनले बताए ।
अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि सोही अनुकूलको वातावरण निर्माणमा सरकार लागेको छ ज्ञवालीले भने– ‘छिमेकी मुलुक, विकासमा साझेदार, श्रम गन्तव्य मुलुक र सयुंक्त राष्ट्रसंघलगायत बहुपक्षीय संयन्त्रमार्फत् अन्तर्राष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ सरकार अघि बढेको छ ।’
नेपालका आन्तरिक मामिलामा विगतमा हुने गरेका हस्तक्षेपको अन्त्य गर्दै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढेको उनले बताए । दुबै देशसँग विश्वासको नयाँ आधार सिर्जना भएको उनको भनाइ थियो ।
छिमेकी मुलुकसँगको सम्बन्ध सुधारसँगै जलमार्ग, रेलमार्ग र कृषिमा साझेदार जस्ता सहयोगका नयाँ योजना पहिल्याइएको उनले बताए । ‘अराजकताको अन्त्य गर्दै मुलुक विधिको बाटोबाट अघि बढेको छ, वर्तमान सरकारले विधिको शासन लागू गर्न खोजेको छ’, परराष्ट्रमन्त्रीले भने
ज्ञवालीले भने– ‘विधिबाट बाँधिनुपर्दा कतिपय साथीलाई अधिनायकवादको भूतले सताएको छ ।’ मर्यादित ठाउँमा जुलुश निकालौं भन्दा अधिनायकवाद नहुने उनको कथन थियो ।
ज्ञवालीले लोकतन्त्र मर्यादित नभए लोकतन्त्रप्रति जनताको आस्था टुट्दै जाने धारणा व्यक्त गरे ।
आमरण अनशनरत डा.गोविन्द केसीका मागका विषयमा सरकार गम्भीर रहेको उनले बताए । चिकित्सा शिक्षामा देखिएका विकृति र विसङ्गतिको अन्त्यका लागि अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग बनाएर समाधान गर्न लागिएको मन्त्री ज्ञवालीले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?