१५ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सरकारको तयारी
काठमाडौं– सरकारले १५ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचनका लागि आवाश्यक कानुन छिटो निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइरहेका वेला सरकारले यस्तो तयारी थालेको हो ।
आईतबार प्रधानमन्त्रीको कार्यलय सिंहदरवारमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवसहित सवै आयुक्तहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र तथा गृहमन्त्री जनार्दन शर्मालाई भेटेर ऐन कानुन निर्माणमा भएको ढिलाईले संघ र प्रदेशसभाको निर्वाचन प्रभावित हुन सक्ने भन्दै सरकारको ध्यानकर्षण गराएपछि प्रधानमन्त्री देउवाले साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने बताएका हुन् ।
प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले प्रदेश र संघको चुनावका लागि आवाश्यक कनुन छिटै दिनेमा आयोग विस्वस्त भएको बताए । यादवले आवाश्यक कानुनका लागि संसदमा विधेयक टेवल भएको र फास्ट ट्रयाकबाट पारित गरेर भएपनि बाटो खोलिने आश्वसन पाएको पनि बताए । ‘प्रधानमन्त्री देउवाले निर्वाचनका लागि आवाश्यक तयारी गर्दैगर्नुस कानुन र भौतिक पुर्वाधारको चिन्ता गर्नुपर्दैन’ प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै प्रमुख आयुक्त यादवले संचारकर्मीलाई बताए ।
त्यस्तै संघ र प्रदेश निर्वाचनका लागि छुटेका मतदाताहरुलाई जिल्ला निर्वाचन कार्यलयमा नाम दर्ता गर्न आयोगले मिलाएको व्यवस्थाप्रति दलहरुले गरेको गुनासोका बारेमा समेत छलफल भएको थियो । गृहमन्त्री जनार्दन शर्माले छलफलमा आयोगका पदाधिकारीले क्षेत्र निर्धारण आयोग गठनमा भएको ढिलाईप्रति विशेष चासो राखेको भन्दै सरकारले साउन १५ भित्र उक्त आयोग गठन गर्ने तयारी गरेको जवाफ दिएको बताए ।
गृहमन्त्री शर्माले भने ‘निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुले निर्वाचन क्षेत्र निर्धारणबारे जिज्ञासा राख्नुभयो त्यसमा सरकारले गर्नुपर्ने काम समयमै गर्छ भनेर भनेर भनेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ