मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले २ सय ४० निर्वाचन क्षेत्र स्वीकार नगर्ने

आइतबार, ०१ साउन २०७४, १७ : ३५
आइतबार, ०१ साउन २०७४

मधेसवादी दलसँग वार्ता जारी राख्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले राखेको २ सय ४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी समिति बैठकले २४० निर्वाचन क्षेत्रको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो । 

संविधानअनुसार नै १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेले जोड दिएको छ । तत्काल आयोग गठन गरी निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।

मधेसवादी दलसँग वार्ता जारी राख्ने

एमालेले मधेसवादी दलहरुसँगको वार्ता जारी राख्ने निर्णय गरेको छ । एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

मधेसवादी दलसँग परिणाममुखी वार्ता भएपछि सार्वजनिक गरिने पनि नेता भट्टराईले बताए । 

जनप्रतिनिधिलाई प्रशिक्षण

एमालेले स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षणा दिने भएको छ । ६ प्रदेशकै जनप्रतिनिधिहरुलाई यहि साउन भित्र प्रशिक्षण दिने निर्णय गरेको हो । प्रशिक्षणको समय भने प्रदेशको अनुकुलतामा गरिने जनाइएको छ । 

मतदाता संकलनमा लाग्न निर्देशन

एमाले स्थायी समिति बैठकले प्रदेश र संघको निर्वाचनका लागि आइतबारबाट शुरु गरिएको मतदाता संकलनको काममा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ । 

यस्तै, तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशमा पनि सक्रिय भई खट्न एमालेले कार्यकर्तालाई निर्देशन दिएको छ । 

अधिवेशनको ढोका खुला 

एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनको अधिवेशनका लागि ढोका खुला गरेको छ । आगामी निर्वाचनअघि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको अधिवेशन सम्पन्न गर्ने एमाले स्थायी समिति बैठकले निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप