निकका साथ लन्डनमा जन्मदिन मनाउदै प्रियंका
मुम्बई– अभिनेत्री प्रियंका चोपडा ३६ बर्ष पुगेकी छन् । उनले यो बर्षको जन्मदिन भारतमा नभएर लन्डनमा मनाइरहेकी छन् । यो खुसीमा उनको नजिकको साथी निक जोनासको पनि साथ रहेको छ ।
निकसँग अहिले उनको अफेयर रहेको हल्ला समेत चलेको छ । प्रियंकाको हालै एक तस्बिर समेत बाहिर आएको छ । जुन तस्बिरमा प्रियंका र निक एक रेष्टुरेन्टबाट बाहिर निस्किदै गरेको देख्न सकिन्छ । प्रियंकाको जन्मदिन सेलिब्रेसनमा निक मात्र होइन उनका परिवारको पनि सहभागिता रहेको केही मिडियाले अनुमान गरेका छन् ।
तेस्रो हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक’
प्रियंका अहिले लन्डनमा छिन् । तेस्रो हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक’ सुटिङ सकेर उनी त्यहाँ पुगेकी हुन् । चलचित्रमा उनको साथ हलिउड अभिनेता लिया हेम्सवर्थ समेत देखिने छन् । सुटिङ सकेर उनी निकका साथ समय बिताउन लन्डन पुगेकी हुन् ।

दुई बर्षदेखि छैन बलिउड चलचित्र
बिगत दुई बर्षदेखि प्रियंका हलिउडमा निकै सक्रिय छिन् । उनले यो दौरानमा तीन हलिउड चलचित्र अभिनय गरेकी छन् । हलिउडमा ब्यस्त भएकोले उनले बलिउड चलचित्र अभिनय नगरेकी हुन् । उनी पछिल्लो समय २०१६ मा प्रदर्शित बलिउड चलचित्र ‘जय गंगाजल’ देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण