सिंहदरबारमा कानूनमन्त्रीको ‘भावुक’ पत्रकार सम्मेलन, २३ तस्बिरमा हेर्नुहोस्

काठमाडौं– बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राका सम्बन्धमा अमर्यादित अभिव्यक्ति दिएका कानूनमन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएका तामाङले काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको बताए ।
उनले पदबाट हट्न परेपनि आफू पार्टीको कामका साथै जनताको सेवामा सक्रिय रहिरहने बताए ।
यस्तै उनले आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै आफूप्रति भ्रम फैलाउन केही तत्व पछाडि लागेको आरोप समेत लगाए ।
मन्त्री तामाङले एक कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षा पढ्ने महिलाबारे दिएको अभिव्यक्ति विवादमा तानिएसँगै यसअघि आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै क्षमायाचनासहितको विज्ञप्ति पनि निकालेका थिए ।
तर, सोको विरोध हुने क्रम नरोकिएपनि नेकपाले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।
उनले पत्रकार सम्मेलनमा गरेको सम्बोधन हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा