शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुँदैरुँदै कानुनमन्त्रीले राजीनामा दिए : अनि भने-केही तत्व मेरो पछाडि लागे

मङ्गलबार, ०८ साउन २०७५, १५ : १३
मङ्गलबार, ०८ साउन २०७५

काठमाडौं-बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । 

सिंहदरवारमा रुदै रुदै कानुनमन्त्रीले राजीनामा दिएका छन् ।

काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको उनको भनाई थियो । 

सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री तामाङले राजीनामाको घोषणा गरेका हुन् ।

उनले कतिपय आफ्नो विरोधमा केही तत्व पछाडि लागेका बताए ।

कतिपय कमजोरीलाई मुल मुद्दा बनाएर जुन प्रचार गरिएको छ, यसले दुखी बनाएको मन्त्री तामाङले बताए । 

आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको पनि उनले बताए । 

मौकिल हक सम्बन्धी १५ वटा कानुन कानुन मन्त्रालयबाट अगाडि बढेको पनि उनले बताएका छन् । 

उनले आफु भावुक मान्छे रहेको र जनतालाई शिरमा राखेर काम गरेको बताए ।

कसैलाई समाप्त गर्ने उदेश्यले आफुले काम नगरेको उनले बताए । 

उनले राज्यका सवै अंगमा भ्रष्ट्राचार अन्त्यबारे आफु बोलेको पनि बताए । 

महिलाप्रति आफु संवेदनशिल रहेको बताए । 

बंगलादेशमा पढ्ने छोरी हिंसामा परेको सुनेपछि भावनात्मक रुपमा बोलेको उनले बताए ।

उनले गलत र षडयन्त्रमुलक समाचार आएकोमा दुखी भएको पनि बताए । 

उनले सरकारको सफलताका लागि आफुले सक्दो काम गर्ने पनि बताए । 

उनी चैत्र ३ गते मन्त्री भएका थिए । 

नेपाल कम्युनिस्ट पार्टी नेकपाले कानुन न्याय तथा संसदीय मामिला मन्त्री   तामाङलाई राजीनामा दिन निर्देशन दिएपछि मन्त्रीले पत्रकार सम्मेलन गरेर यसको घोषणा गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेपछि उनको राजीनामाको विकल्प अगाडि आएको हो । 

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको आलोचना शुरु भएको थियो । आलोचना बढेपछि उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अबस्था आएको हो । 

यद्यपि उनले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी पनि मागेका छन् । तर, उनीमाथि नैतिक प्रश्न उठिरहेको थियो । 

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा मन्त्री तामाङको टिप्पणी दुखद रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

हिजोमात्रै काँग्रेस नेता डा.शेखर कोईरालाले कानुनमन्त्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।

कानुनमन्त्री तामाङले नेपाली चेलिहरूको  अस्मितामाथि अत्यन्तै आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै उनलाई  पदमा बसिरहने कुनै नैतिकता नभएको नेता कोइरालाको भनाई थियो । 

बंगलादेशमा अध्ययन गर्ने जाने नेपाली महिलालाई लक्षित गरे कानुनमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपाली काग्रेसले आपति जनाएको थियो । 

काँग्रेसले कानुनमन्त्रीको अभिव्यक्तिले नेपाली परम्परा, संस्कार र महिलाको अस्मितालाई अपमान समेत गरेको ठहर गरेको थियो । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञिप्त निकालेर पधानमन्त्रीलाई यस्ता खालेको गतिविधिको नियन्त्रण गर्नसमेत माग गरेका थिए । 

देशमा शिक्षा विद्येयकलाई लिएर बहर चर्किएको बेला सत्तापक्षको तर्फबाट आएको यस्तो अभिव्यक्तिले कांग्रेसलाई थप गम्भीर बनाएको विज्ञप्तीमा उल्लेख थियो । 

कानुनमन्त्रीले भनेका चाहिँ के थिए ?

शनिबार एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले नेपालमा पढ्न कोटा नहुँदा चेलीहरू बङ्गलादेशलगायतका देशमा जानुपरेको र त्यहाँ उनीहरूले सर्टिफिकेट पाउनका लागि शरीर सुम्पनु परेको अभिव्यक्ति दिएका थिए । 

एसईई उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिने कार्यक्रममा उनीहरूलाई नेपालमै पढ्न आग्रह गर्दै मेडिकल कलेजहरू अझै खुल्नुपर्ने पनि बताएका थिए । 

उनको अभिव्यक्तिको केही अंश यस्तो छ ‘आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक छ कथा ।’

उनले थप भनेका थिए,  ‘उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू । हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले ती सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा हामी प्लेटकार्ड बोकेर बाहिर निस्कन्छौँ, पाउँदैन । हामी नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, हुँदैन ।’

उनको अरु भनेका थिए,  ‘के भन्या यो, के गर्न खोजेको यो मुलुकलाई रु त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरी धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् । हरियो पासपोर्ट बोकेर अरबमा काम गर्न जाने होइन । हामी रातो पासपोर्ट बोकेर डाक्टरहरू विश्वभरी काम गर्न जाने हुन सक्यौँ भने पैसाको कमी हुन्छ र यो मुलुकमा रु तर हामी मान्छेलाई पढाएका छैनौँँ । अनि हरियो पासपोर्ट जिम्मा लाउँदै अरबमा काम गर्न पठाएका छौँ ।’

कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति आउनु केही दिन अगाडि मात्रै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंको यही प्रकृतिको अभिव्यक्ति पनि आएको थियो । 

प्रसाईंले पनि बङ्गलादेशका प्रोफेसरहरूले नेपाली चेलीहरूलाई करणी गरिरहेको अभिव्यक्ति दिएका थिए । 

प्रसाईंले भनेका थिए, ‘आज म तपाईंहरूलाई एउटा कुरा भन्छु, त्यो पनि लेख्नुस् । बङ्गलादेश पढ्न गएका हाम्रा चेलीहरू किन अरू केटाहरूले ५ वर्षमा एमबीबीएस पास गरेर आउँछन्, केटीहरू किन ९ वर्षसम्म पनि आउँदैनन् । त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेका छन्, त्यहाँका केटीहरूलाई ।’

पछि प्रसाईंले पनि आफ्नो मनसाय कसैको आस्थामा चोट पुर्राउने नरहेको भन्दै माफी मागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप