मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यी व्यक्तिले भिडियो गेम खेल्नका लागि संसारकै सेक्सी युवतीसँग ब्रेकअप गरे

मङ्गलबार, ०८ साउन २०७५, ११ : ५६
मङ्गलबार, ०८ साउन २०७५

व्यावसायिक भिडियो गेम प्लेयरले ‘वर्ल्र्ड सेक्सियस्ट वेदर गर्ल’ (मौसमको जानकारी दिने सबैभन्दा सेक्सी युवती) को उपाधि पाइसकेकी आफ्नी प्रेमिकालाई ब्रेकअप दिएका छन् । कल अफ ड्युटी नामको एक भिडियो गेम खेल्नकै लागि उनले प्रेमिकासँग सम्बन्ध तोडेका हुन् ।

युट्युब स्टार डौग्लास ‘फेज सेन्सर’ मार्टिनले एक भिडियोमार्फत खेलमा पूरा समय र ध्यान केन्द्रित गर्नका लागि आफूले यानेत ग्रासियालाई ब्रेकअप दिएको बताएका छन् ।

डेली मेलका अनुसार २३ वर्षे मार्टिनले एउटा १० मिनेटको भिडियो पोष्ट गर्दै मोडल र टेलिभिजन स्टारसँगको आफ्नो तीन वर्षे पुरानो सम्बन्ध तोडेको खुलासा गरेका छन् ।

‘यानेत र मबीच अब कुनै प्रकारको सम्बन्ध छैन,’ मार्टिनले भिडियोको सुरुमै भनेका छन् । उक्त भिडियोलाई अहिलेसम्म सात लाख ७० हजारले हेरिसकेका छन् ।

‘यानेत उत्कृष्ट महिला हुन् । उनी निकै सुन्दर छिन्, स्मार्ट छिन् र उत्कृष्ट प्रेमिका थिइन्,’ उनले थपे ।

‘मैले यो भनिरहँदा तपाईंहरुलाई निकै अचम्म लाग्ला... मलाई जे ठिक लाग्छ, त्यो गर्छु ।’

मार्टिनका अनुसार तीन वर्ष अघि उनी मेक्सिकोबाट अमेरिका यानेतलाई नै भेट्न पुगेका थिए ।

त्यसपछि उनीहरु सम्बन्धमा रहे र एक वर्ष अघि न्यूयोर्कमा सँगै बस्न थाले ।

तर मार्टिनका अनुसार यानेतले मेक्सिको सिटीमा गएर आफ्नो पढाई पूरा गर्ने र वेदर गर्लको रुपमा आफ्नो काममा फिर्ता हुने सोच बनाएपछि सबै कुरा परिवर्तन भयो ।

‘मैले उनको निर्णयलाई समर्थन गरें,’ मार्टिनले भने, ‘उनी सुपरमोडल नायिका बन्न चाहन्छिन्, आफ्नो सपना पछ्याउ, जीवन निकै छोटो छ ।’

‘म अब कल अफ ड्युटी फूल टाइम खेल्दैछु र उनी आफ्नो जागिरमा फिर्ता हुन चाहन्छिन् ।’

आफू अत्यधिक भिडियो गेम खेल्ने भएकाले  अब टाढाको सम्बन्ध कायम राख्न उनका लागि निकै गाह्रो हुने बताएका छन् । 

‘पहिले उनलाई भेट्न जान निकै सजिलो थियो,’ उनले भने, ‘तर अहिले अनेकौं बन्धन छन् ।’

‘म अनुबन्धित छु । मैले यस्तो गर्न नचाहेको भन्न खोजेको होइन । तर मैले चाहेको करियर यहि नै हो ।’

‘म विश्व च्याम्पियनशिप जित्न चाहन्छु । म कल अफ ड्युटी पूरा गर्न चाहन्छु । अहिलेका लागि यो नै मेरो जीवनको एउटै लक्ष्य हो किनभने मलाई यो निकै मनपर्छ ।’

‘च्याम्पियन बन्नका लागि जस्तो सुकै मूल्य पनि चुकाउन चाहन्छु ।’

‘दिनमा २४ घण्टा मात्र हुन्छ, दैनिक कार्यका लागि पनि मसँग समय हुँदैन,’ उनले भने ।

इन्स्टाग्राममा ६५ लाख फलोअर भएकी ग्रासियाले आफूलाई ब्रेकअपका बेला समर्थन गर्नेहरुलाई धन्यवाद दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप