शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनपछि चीनमा आवासीय भवनमा आगलागी, २२ को मृत्यु

आइतबार, ०१ साउन २०७४, १६ : १७
आइतबार, ०१ साउन २०७४

बेइजिङ – चीनको एक दुई तल्ले आवासीय भवनमा आइतबार बिहान भएको आगलागीमा २२ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।


शाङ्घाई सहरदेखि ८० किलोमिटर उत्तरपश्चिममा रहेको जियाङ्सु प्रान्तको छाङसुमा आइतबार बिहान ४ बजेर ३० मिनेट जाँदा आगलागी भएको थियो ।


आगो अहिले पूर्णरुपमा नियन्त्रणमा लिइएको छ ।


आगलागीको कारण अझै यकिन नभएको र प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप