बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२१ वर्षे युवतीले रक्सी बनाउन करेत सर्प मगाइन्, टोक्दा गयो ज्यान

मङ्गलबार, ०८ साउन २०७५, ०९ : ५६
मङ्गलबार, ०८ साउन २०७५

चीनमा एक युवतीलाई रक्सी बनाउनका लागि मगाएको सर्पले टोकेपछि मृत्यु भएको छ ।  युवतीले पारम्परिक ‘स्नेक वाइन’ बनाउनका लागि अनलाइनमार्फत सर्प मगाएकी थिइन् । घटना उत्तरी जिल्ला शान्शीको हो ।

२१ वर्षीया युवतीको करेत सर्पले टोकेपछि गत मंगलबार मृत्यु भएको हो । उनको मृत्यु भएको आठ दिनपछि सिन्ह्वाले यसबारे जानकारी दिएको हो ।

स्रोतका अनुसार उनले झुआनझुआन नामको अनलाइन पोर्टलबाट उक्त सर्प मगाएकी थिइन् । उक्त अनलाईनमा चीनको दिग्गज कम्पनी टेन्सेन्टले लगानी गरेको छ । दक्षिणी जिल्ला गुआन्डोंगबाट एक बिक्रेताले उक्त सर्प पठाएको थियो । उक्त जिल्लामा यो सर्प निकै पाइन्छन् । सर्पलाई ती युवतीको घरसम्म पुर्याउने स्थानीय कुरियर कम्पनीले आफूलाई डब्बा भित्र के थियो भन्ने थाहा नभएको बताए ।

युवतीकी आमा सिन्ह्वालाई दिएको जानकारी अनुसार उनकी छोरीले पारम्परिक रक्सी बनाउनका लागि सर्प मगाएकी थिइन् ।  यस्तो रक्सी औषधीय गुणले भरपुर हुने बताइएको छ ।

मिडिया रिपोर्टले युवतीलाई टोकेपछि सर्प भागेको बताएको छ भने वन विभागका अधिकारीले सर्पलाई युवतीको घर बाहिरबाट समातेको बताएका छन् ।

घटनापछि जंगली जीवको अनलाइन बिक्रीमा रोक लगाइएको छ । कम्पनीले यस्तो प्रकारको विज्ञापन पनि हटाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप