नयाँ आवलाई धितोपत्र बजारबाट हरियो झण्डा
आइतबार, ०१ साउन २०७४, १६ : १६
काठमाडौँ -धितोपत्र बजारले नयाँ आवलाई हरियो झण्डा देखाएर स्वागत गरेको छ ।
कारोबार रकम उल्लेख्य रुपमा बढी नभए पनि आव २०७४÷७५ को पहिलो दिन बजार बढेको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।
कुल १४९ कम्पनीका करिब १२ लाख ९४ हजार कित्ता सेयर करिब रु ६८ करोड १३ लाख मूल्यमा कारोबार भएको हो । कुल ०।९ विन्दुले बढेको बजार एक हजार ५८३ विन्दुमा पुगेर रोकिएको छ । उपसूचकमा भने बैंकिङ २।४१, वित्त क्षेत्र १०।९३ र बीमा समूह १।४८ बिन्दुले बढेको छ ।
होटल ५।८२, विकास बैंक ०।४४, जलविद्युत् समूह ८।९१, उत्पादन समूह ०।२१ र अन्य समूह ५।५ बिन्दुले घटेका छन् । बजारलाई बैंक, वित्त र बीमा समूहले मात्रै हरियो झण्डा देखाउने अवस्थामा पु¥याएका हुन् ।